मन्त्रीलाई दुर्व्यवहार गर्ने ज्ञानेन्द्र शाही पक्राउ

२९ भाद्र २०७६, आईतवार १४:५१
 

सदरलाइनडटकम,
काठमाण्डौ : आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै आएका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) लाई प्रहरीले ललितपुरबाट नियन्त्रणमा लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि नेपालगञ्जमा दुर्व्यवहार र हातपात प्रयास गरेका शाहीले त्यहीबारेमा जानकारी दिने बताउँदै पत्रकार बोलाएका थिए ।
शाहीले पत्रकार बोलाएको भनिएको कार्यक्रमस्थलमा कयौँ युट्युबरको ठूलो भिड लागेको थियो । कार्यक्रमस्थलमा युटुबरसँगै सर्वसारधणले सोधेर प्रश्न गरेका थिए । शाहीका गतिविधिलाई लिएर सर्वसाधरणले पनि आक्रामक प्रश्न गरेपछि अवस्था तनावपूर्ण बनेको थियो । त्यसक्रममा प्रश्न सोध्ने र उत्तर दिनेबिच झडप भएको हो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीद्वारा बल प्रयोग गरिएको छ । त्यसक्रममा सर्वसाधरण, युटुबर र शाही समर्थकबीच हात हालाहाल भएपछि प्रहरी पुगेर हस्तक्षेप गरेको हो । ललितपुर प्रहरी निरीक्षक माधव केसीसहितको टोलीले शाहीलाई नियन्त्रणमा लिएको हो ।
उनलाई सुरक्षा दिएर राखिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए । शाही र उनका समर्थकले जहाज ढिलो गरेको भन्दै पर्यटन मन्त्री योगेश भट्टराईमाथि शनिवार साँझ नेपालगञ्जमा दुर्व्यवहार र हातपात प्रयास गरेका थिए ।

Next Post

हुम्लामा पाँच म्याग्निच्यूडको भूकम्प

२९ भाद्र २०७६, आईतवार १४:५१
सदरलाइनडटकम, काठमाण्डौ : हुम्लालाई केन्द्रबिन्दु बनाएर आइतवार बिहान ५ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहान १० बजेर ५४ मिनेटमा हुम्लाको लिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै उक्त भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्पको धक्का हुम्ला र आसपासका जिलामा महसुस भएको थियो । पछिल्लो समय कर्णाली र पश्चिमका […]