नेपालगञ्जमा त्रिभुवनको शालिक पुर्नस्थापना

सदरलाइन संवाददाता ७ फाल्गुन २०७८, शनिबार १९:४१
 

नेपालगञ्ज : नेपालगञ्जमा स्वर्गीय राजा त्रिभुवनको शालिक पुर्नस्थापना गरिएको छ । नेपालगञ्जको त्रिभुवन चोकमा शनिबार शालिक पुर्नस्थापना गरिएको हो । बाँके स्वतन्त्रवासी समुहको अगुवाईमा त्रिभुवनको अर्धकदको शालिक पुर्नस्थाना गरिएको हो ।

स्वर्गिय राजा त्रिभुवनको शालिक २०६२\६३ को आन्दोलनका क्रममा तोडफोड गरिएको थियो । राजावादी तथा राप्रपा निकट ब्यक्तीहरुको ठुलो उपस्थितीमा शालिक पुर्नस्थापना गरिएको हो । शालिक पुनःस्थापना गर्ने क्रममा राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जनताको माग र इतिहास जोगाउन राजा त्रिभुवनको शालिक पुर्नस्थापना गरिएको बताए ।


राप्रपाका नेता एवम नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मोहम्मद सफिक बेहनाले लामो संघर्ष पश्चात राजा त्रिभुवनको शालिक पुर्नस्थापना गर्न पाउँदा धेरै खुसी भएको बताए ।

शालिक पुनःस्थापना गर्ने क्रममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका थिए । सो क्रममा सहभागिहरुले ‘राजा आउ देश बचाउ’, ‘इतिहास मेट्न पाइँदैन’, हिन्दु राष्ट्र कायम गर जस्ता नारा समेत लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमसीसी : संसदमा दर्ता भएको अढाई वर्षपछि पेश

७ फाल्गुन २०७८, शनिबार १९:४१
काठमाडौँ : संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा दर्ता भएको करिब अढाई वर्षपछि टेबल भएको छ। विसं २०७६ असार ३० गते अनुमोदनका लागि संसद्मा दर्ता भएको एमसिसीसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकमा टेबल भएको हो। बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री […]

सम्बन्धित