‘व्यवसायीको लाहपरवाहीले निर्माण योजना अलपत्र’

२८ भाद्र २०७६, शनिबार १६:४६
 

सदरलाइनडटकम,
गुल्मी : परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले निर्माण व्यवसायीको लाहपरवाहीका कारण निर्माणका कामले गति लिन नसकेको बताएका छन् । गुल्मीको सत्यवती गाँउपालिका ६ मा निर्माणाधिन उल्लिखोला पुलको शनिवार अनुगमन गर्दै उनले यस्तो बताएका हुन् । ठेक्का लामो समयसम्म कामै नगरिकन राख्ने, एउटै व्यवसायीले धेरै ठाँउको जिम्मा लिने तर काम नगर्ने, विभिन्न बाहाना पारेर काम नगर्ने जस्ता निर्माण व्यवसायिका कारण योजनाहरू समयमै सम्पन्न हुन नसकेको आरोप लगाए ।
पाएको जिम्मामा काम नगरिकन बस्ने र अनेक बाहाना बनाएर तर्कन खोज्नु राम्रो होइन । निर्माण व्यवसायीमा ठुलो समस्या भएको भन्दै उनले त्यसलाई व्यवसायीहरूले गम्भीर रूपमा लिनुपर्ने बताए । मन्त्री ज्ञवालीले व्यवसायीका पनि केही समस्या भए सरकार समाधान गर्न तयार रहेको तर अनेक बाहानामा जनतालाई दुख दिन नपाइने बताए ।
व्यवसायीकै कारण धेरै योजना अलपत्र परे, जनताले दुस्ख पाए । समयमै काम नसक्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्ने र कम्पनी कालो सुचिमा राख्ने उनले बताए । भारतबाट पाइपबाट तेल ल्याउने, भेरी बंबई सिँचाई आयोजना, विभिन्न विमानिस्थल, कालिगण्डकी करिडोर लगायतका आयोजनाहरू समयमै सम्पन्न भएकोले चाहेमा समयमै काम गर्न सकिने उनले बताए ।

Next Post

सुर्खेतका आगलागी पीडितलाई राहत प्रदान

२८ भाद्र २०७६, शनिबार १६:४६
सदरलाइनडटकम, सुर्खेत : अचानक आगलागी भई धनमानलको क्षति भोगेका गुर्भाकोट नगरपालिका ८ मेहेलकुनास्थित एक उद्यमीलाई सुर्खेत उद्योग वाणिज्य संघले राहत रकम प्रदान गरेको छ । मामाभाञ्जा कृषि उपज संकलन तथा विक्री केन्द्रका प्रोपराईटर भिउँदे वलीलाई संघका तर्फबाट आर्थिक सहयोग स्वरुप नगद ३५ हजार रूपैयाँ प्रदान गरिएका हो । संघका अध्यक्ष […]