सदरलाइनडटकम,
सुर्खेत : अचानक आगलागी भई धनमानलको क्षति भोगेका गुर्भाकोट नगरपालिका ८ मेहेलकुनास्थित एक उद्यमीलाई सुर्खेत उद्योग वाणिज्य संघले राहत रकम प्रदान गरेको छ ।
मामाभाञ्जा कृषि उपज संकलन तथा विक्री केन्द्रका प्रोपराईटर भिउँदे वलीलाई संघका तर्फबाट आर्थिक सहयोग स्वरुप नगद ३५ हजार रूपैयाँ प्रदान गरिएका हो । संघका अध्यक्ष धनबहादुर रावत, गुर्भाकोट नगरपालिकाकी उपाध्यक्ष मैना विकले संयुक्तरुपमा रकम हस्तान्तरण गरेका थिए ।
