डिष्ट्रिक गर्भनर शर्मा लगायतका नेतृत्वलाई गृह जिल्लामा स्वागत तथा सम्मान

२ बैशाख २०७४, शनिबार १४:१६
 

सदरलाइनडटकम
२ बैशाख, नेपालगन्ज : लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ क्षेत्र नं ६ अन्तरगतका लायन्स क्लवहरुले डिष्ट्रिकका नवनिर्वाचित डिष्ट्रिक गभर्नर मधुसुदन शर्मा रिजालसहित विभिन्न क्षेत्रको नेतृत्वमा पुगेका व्यक्तिहरुलाई नेपालगन्जमा स्वागत गरिएको छ ।
नेपालगन्ज निवासी शर्मा लायन्स क्लवको चितवनमा सम्पन्न कन्भेन्सनबाट शत प्रतिशत हुन्छ मत प्राप्त गरी लायन्स क्लव अफ ईन्टरनेशनल डिष्टिक ३२५ बि–२ को गभर्नर निर्वाचित भएका थिए ।
सोही कार्यक्रममा फस्टलेडी साबित्रा शर्मासहित डिष्ट्रिक ३२५ बि–२ का विभिन्न पदमा मनोनित व्यक्तिहरुलाई पनि सम्मान गरिएको
थियो । कार्यक्रममा क्याबिनेट सेक्रेटरी ज्ञानेन्द्र कुमार श्रेष्ठ, क्याबिनेट कोषाध्यक्ष चिन्तामणि धिताल, डिष्ट्रिक चिफ स्टाटिजिज एडभाइजरमा मुकुट ढकाल, डिष्ट्रिक चिफ–एम्बेसेडर अफ गभर्नरमा नवराज पराजुली, चिफ एरिया कोर्डिनेटर एरिया नं. ६ का लागि टिपि न्यौपानेलगायतका लायन्स लिडरहरुलाई सम्मान गरिएको छ ।
यसैगरी लायन्स क्लवमा आवद्ध रही अन्य क्षेत्रमा समेत विभिन्न तहका नेतृत्वमा पुग्न सफल रहेका विभिन्न व्यक्तिहरुलाई पनि सम्मान गरिएको छ । यसरी समनित हुनेहरुमा नेपाल उद्योग वाणिज्य महासंघमा केन्द्रीय सदस्य निर्वाचित हुन सफल नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, हिसानका केन्द्रीय उपाध्यक्ष ईश्वर पोखरेल र नेपाल वन पैदावार उद्योग व्यवसायी संघ बाँकेका नवनिर्वाचित अध्यक्ष सुरेश चन्दलाई पनि सम्मानित गरिएको थियो ।
लायन्स क्लव अफ ईन्टरनेशनल डिष्टिक ३२५ बि–२ का पूर्व डिष्ट्रिक गभर्नर सेम शाक्यले नावनिर्वाचित सबै लायन सदस्यहरुलाई अबिर दोसल्ला ओडाएर सम्मान गरेको कार्यक्रमको अध्यक्षता लायन्स क्लव अफ ईन्टरनेशनल डिष्टिक ३२५ बि–२ क्षेत्र नं. ६ का जोन चियरपर्शन नवराज पराजुलीको रहेको कार्यक्रमको सहजिकरण उमा थापामगरले गरेकी थिईन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाढीपीडितलाई रु बत्तीस करोड बाँडियो, ४७ परिवार पालमा

२ बैशाख २०७४, शनिबार १४:१६
सदरलाइनडटकम  २ वैशाख, गुलरिया (बर्दिया) : दुई वर्षअघि बबई नदीमा आएको बाढीबाट घरबारविहीन बनेर शिविरमा आश्रय लिइरहेका परिवारको अझैसम्म पुनःस्थापना हुनसकेको छैन । विसं २०७१ साउन २९ गते आएको बाढीले बबई नदीको किनारमा बसोवास गरिरहेका ४७ घरपरिवारका करिब तीन सय जना विस्थापित भएका थिए । उक्त बाढीका कारण बर्दियामा ३४ […]