प्रजातन्त्र सेनानीहरूलाई राज्यले सम्मान गर्नुपर्छ : राष्ट्रपति

सदरलाइन संवाददाता २१ श्रावण २०८१, सोमबार १८:०२
 

काठमाडौँ :  राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र स्थापना र पुनस्थापनाको अविश्राम र अथक संघर्षका कष्टकर क्षण व्यतित गर्ने प्रजातन्त्र सेनानीहरूको त्याग र संघर्षको राज्यले उचित कदर र सम्मान गनुपर्ने बताएका छन ।

प्रजातन्त्रका लागि संघर्ष गरेका प्रजातन्त्र सेनानीहरूसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन ।

‘प्रजातन्त्र सेनानीहरूले विगतमा गर्नुभएको योगदानको कदर गर्दै उहाँहरूलाई सरकार र सम्बन्धित निकायले दिनुपर्ने सम्मान, सुविधा र सहयोगमा कुनै कञ्जुस्याई हुने छैन भन्ने मैले विश्वास लिएको छु’, उनले भने ।


राष्ट्रपति पौडेलले स्वतन्त्रता सेनानीहरूले राखेका विषयप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । ‘नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा तपाईहरूको संर्घष, त्याग र योगदान महत्वपूर्ण छ, अहिले तपाईहरूलाई राज्यले जे जति गर्नुपर्ने थियो त्यो भइरहेको छैन् भन्ने मैले महसुश गरेको छु’, उनले भने ।

शहीद र प्रजातन्त्र सेनानीहरूको त्याग, वलिदान र संघर्षका कारण अहिले हामीले संघीय लोकतान्त्रिक गणतन्त्रान्त्रमक शासन व्यवस्था पाएको उनको भनाइ थियो ।

‘राजनीतिक स्थायित्व, सुशासन र जनताको आकांक्षा पुरा हुन सकेमात्र मुलुक विकासको बाटोमा अघि बढ्छ, हामीले अपनाएको शासन प्रणाली सुदृढ हुन्छ र लोकतान्त्रिक मूल्यमान्यता, आदर्श र निष्ठाका साथ हाम्रा अग्रजहरूले गरेको त्याग र संघर्षले सार्थकता पाउनेछ’–राष्ट्रपति पौडेलले भने । यसमा सबै लोकतन्त्रप्रेमीहरू सधैँ सचेत र जागरुक रहनुपर्ने उनको भनाइ थियो ।

सो अवसरमा नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष बालकृष्ण दाहालले प्रजातन्त्र सेनानीहरूका लागि राज्यले दिनुपर्ने सुविधा र सम्मानबारे राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको खजुरामा रहेको कुखुरा विकास फर्ममा हुकाईएका लोकल प्रजातिका कुखुरा (फोटो कथा सहित)

२१ श्रावण २०८१, सोमबार १८:०२
नेपालगञ्ज : बाँकेको खजुरामा रहेको कुखुरा विकास फर्ममा हुर्काईदै गरेका लोकल कुखुराहरु । लुम्बिनी प्रदेश सरकारद्वारा सञ्चालन गरिएको सो फर्ममा लोकल कुखुराका विभिन्न प्रजातीलाई संरक्षण गरी व्यवसायिक उत्पादन गर्ने गरिएको छ । फर्मका प्रबन्धक डा. सुमन खनालले दिएको जानकारी अनुसार फर्ममा साकिनी, प्वाँखउल्टे, घाँटीखुईले, खजुरा साकिनी क्रश, न्यु हेम्सार, ब्लयाक […]