बाँकेमा २१ जना थुनामुक्त

१९ चैत्र २०७६, बुधबार १५:५३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : विभिन्न कसुरमा पक्राउ परेका २१ जना थुनामुक्त भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको थुनुवा कक्षमा रहेकामध्ये २१ जना थुना मुक्त भएका हुन् ।
थुनुवाको सँख्या आवश्यक भन्दा बढि भएपछि थुनुवा कोठामा भीडभाड कम गर्न सामान्य मुद्दा चलेका २१ जनालाई छोडिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए ।
भिडभाडमा बस्दा कोरोना भाइरसको जोखिम बढ्ने भएकोले सामान्य मुद्दा चलेकालाई पुनः हाजिर हुनेगरी जमानीमा छाडिएको उनले बताए । प्रहरीको हिरासतमा अझै जघन्य अपराधका २८ जना थुनुवा छन् ।

Next Post

श्रद्धाभक्तिपूर्वक चैते दशैं मनाइँदै

१९ चैत्र २०७६, बुधबार १५:५३
सदरलाइनडटकम, नेपालगञ्ज : प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि […]

सम्बन्धित