राप्तीसोनारीमा फेरी दुई वटा पाटे बाघ देखियो

सदरलाइन संवाददाता ११ फाल्गुन २०७८, बुधबार १३:१८
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाको बैजापुर र आलीनगर क्षेत्रमा बुधवार दुई वटा पाटे बाघ देखिएका छन् ।

बाघ देखिएको खबरपछि ईलाका प्रहरी कार्यालय धामपुरले त्यस क्षेत्रमा प्रहरी परिचालन गरी सर्वसाधारणहरुलाई सचेत गराई रहेको छ । धामपुरका प्रहरी इन्चार्ज सई मुकुन्द सिगदेलले स्थानीयले बाघ देखिएको खबर गरेपछि जंगलक्षेत्रमा नजान र जंगलबाटो हिँड्दा सचेत भएर हिँड्न आग्रह गरिएको जानकारी दिए ।


एक महिनाअघि आलीनगरमा बाघले आक्रमण गरेपछि स्थानीयले ढोल बजाएर धपाएका थिए । राप्ती सोनारी क्षेत्रमा हाल बाघको त्रास कायमै छ । केही दिनअघि मात्रै बाघले राप्तीसोनारी ६ मा एक जनाको ज्यान लिएको थियो भने एक जनामाथि आक्रमण गरेको थियो । मानव नस्ती नजिकैको जंगल क्षेत्रमा बाघ देखिएपछि स्थानीय त्रसित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बुधवार ९ जनामा कोभिड पुष्टि

११ फाल्गुन २०७८, बुधबार १३:१८
नेपालगञ्ज : बाँकेमा बुधवार थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६५ जनाको नमुना जाँच गर्दा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरीमा ७ र मेडिकल कलेज कोहलपुरमा २ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । […]