ब्राउन सुगरसहित युवायुवती पक्राउ

सदरलाइन संवाददाता २२ श्रावण २०७८, शुक्रबार १५:४६
 

धनगढी : धनगढीमा ब्राउन सुगरसतिह युवायुवती पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिकाका युवायुवती धनगढीको माया मेट्रो अस्पतालबाट ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा २२ वर्षीय रमेश विसी र २६ वर्षीया चन्दा विसी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनीहरुको साथबाट चार सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

बिरामीलाई भेट्न गएका उनीहरुलाई शंकाको आधारमा चेकजाँच गर्दा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ । उनीहरुलाई अस्थायी प्रहरी चेक पोष्ट चटकपुरको टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भरुवा बन्दुक र कटुवा पेस्तोलसहित बाँकेमा एकजना पक्राउ

२२ श्रावण २०७८, शुक्रबार १५:४६
नेपालगञ्ज : भरुवा बन्दुक र कटुवा पेस्तोलसहित बाँकेमा एकजना पक्राउ परेका छन् । नरैनापुर गाउँपालिका–६ दोन्द्राका ५० वर्षीय छोटेलाल राढ भरुवा बन्दुक र कटुवा पेस्तोलसहित शुक्रवार पक्राउ परेका हुन् । हातहतियारको बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह दाङबाट खटिएको टोलीले राढबाट एकनाले भरुवा बन्दुक एकथान, […]