बाल सुधारगृह जीर्ण हुँदा बालबालिकालाई समस्या

सदरलाइन संवाददाता ५ माघ २०७९, बिहीबार १५:०५
 

डुडुवा (बाँके) : करिब डेढ दशकअघि दाता जयकेश सिंहले बाँकेको डुडुवा गाउँपालिका ६ आसमानपुरमा चार विघा दुई कठ्ठा जग्गा उपलब्ध गराउनुभयो । त्यसपछि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले बालवालिका र ज्येष्ठ नागरिकको संरक्षणका लागि भवन निर्माण सुरु ग¥यो । सोही स्थानमा पाँच बर्षदेखि जयेन्दु बाल सुधार गृह सञ्चालनमा रहेको छ ।

बाल सुधार गृहमा हाल २२७ जना बालकहरु रहेका छन् । बालबालिकाका लागि अनाथालय वा ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम सञ्चालनका लागि डेढ दशकअघि निर्माण गरिएको जस्तापाताले छाएको भवनमा हाल विभिन्न अदालतबाट सजाय पाएका ७७ जना बालक बस्दैआएका छन् ।

“भवन जीर्ण तथा बर्षातमा पानी चुहिन्छ” बाल सुधारगृहका इन्चार्ज विमला काउचा मगरले भनिन्, “विगतमा भन्दा अहिले बस्नलाई सहज भए पनि पुरानो भवन जीर्ण र अपायक भवन भएकाले समस्या हुनेगरेको छ ।

विगतमा ७० जना बालक सुत्न मिल्ने भवनमा १८० जना बालक थिए । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले नयाँ भवन निर्माण गरेपछि भने विगतको अवस्थामा सुधार भएको छ ।


बाल सुधारगृहमा रहेका बालकमध्ये सबैभन्दा बढी जबरजस्ती करणीका एक सय ११ जना रहेका छन् । सुधारगृहमा रहेका बालकमध्ये आधा बालकहरु जबरजस्ती करणीमा अदालतबाट सजाय पाएका वा पुर्पक्षका लागि थुनामा परेका बालकहरु रहेको इन्चार्ज काउचा मगरले बताइन् । त्यसपछि कर्तव्यज्यानका २६, चोरीका १९, लागुऔषधका १५ डाँकाचोरीका ९ जना बालक छन् ।

बाल सुधार गृह सञ्चालनमा आएको ५ वर्षको अवधिमा ब्यवस्थापनमा सुधार भए पनि सुरक्षा ब्यवस्थापनमा भने बारम्बार त्रुटि हुनेगरेको छ । यहाँबाट पटक–पटक बालकहरु सुरक्षाकर्मीलाई छक्याउँदै भाग्नेगरेका छन् । केही दिनअघि चार जना बालक भागेकोमा प्यूठानबाट समातिएका थिए । उनीहरु हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । प्रहरी नायब निरीक्षकको कमाण्डमा १४ जना सुरक्षाकर्मी तैनाथ भए पनि पर्खाल होचो भएका कारण भाग्न सहज देखिएको छ ।

कतिपय बालक सजाय समाप्त भए पनि अभिभावक सम्पर्कमा नआएका कारण गृहमै बसिरहेको इन्चार्ज काउचा मगरले बताइन् । सुधार गृहभित्र आधारभूत विद्यालय सञ्चालनमा छ । विभिन्न कानुनी अड्चन देखाउँदै डुडुवा गाउँपालिकाले हालसम्म अनुमति प्रदान गरेको छैन । सुधारगृहमा रहेका बालकहरुमध्ये एक जना स्नातक अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चोरी पैठारी रोक्न जमुनाहा नाकामा कडाई

५ माघ २०७९, बिहीबार १५:०५
नेपालगञ्ज : नेपालगञ्जको जमुनाहास्थित नेपाल भारत सीमा नाकाबाट हुँदै आएको अवैध चोरी पैठारी नियन्त्रणमा कडाइ गरिएको छ । सरकारको निर्देशन आएपछि नाकामा कडाइ शुरु गरेर चोरी पैठारीलाई शून्यमा झार्ने अभियान सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले नयाँ सरकार गठन भएलगत्तै सीमा […]