बाँकेसहित देशभर ११९ जना कोरोना संक्रमित थपिए

सदरलाइन संवाददाता २५ माघ २०७७, आईतवार १८:२०
 


नेपालगञ्ज : नेपालमा पछिल्लो २४ घण्टामा १ सय १९ जना कोरोना संक्रमित थपिएका छन । नेपालमा यो सहित संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ जना पुगेको छ ।

बाँकेमा आइतबार दुईजना मात्र संक्रमित थप भएको जिल्ला कोरोना फोकलपर्शत तेज वलीले जानकारी दिए । उनले थप भएका संक्रमित कोहलपुर मेडिकल कलेजमा गरिएको जाँचबाट पुष्टि भएको बताए ।

पछिल्लो २४ घण्टामा २६० जना निको भएर घर फर्किएका छन । योसँगै २ लाख ६८ हजार ७२ जना पूर्ण निको रुपमा निको भएका छन । नेपालमा अब सकृय संक्रमितको संख्या १ हजार ८ सय १५ जना मात्र छन ।


कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ३८ जना पुगेको छ ।

Next Post

टेलिकम्युनिकेशन डिलर्स एशोसियसनमा पुनः विष्ट

२५ माघ २०७७, आईतवार १८:२०
नेपालगञ्ज : टेलिकम्युनिकेशन डिलर्स एशोसियसन अफ नेपालको केन्द्रीय अध्यक्षमा नेपालगञ्जका युवा व्यवसायी दिपेन्द्र विष्ट पुनः दोस्रो कार्यकालका लागि चयन भएका छन् । नवौं वार्षिक साधारण सभाबाट केन्द्रीय अध्यक्षमा चयन भएका विष्ट पुनः दोहोरिएका हुन् । काठमाण्डौंमा सम्पन्न भेलालले विष्टसहित ११ जनाको कार्यसमिति चयन गरेको छ । टेलिकम्युनिकेशन डिलर्स एशोसियसन अफ […]