शिक्षकनै विरामी भएपछि विद्यालय ठप्प

१३ भाद्र २०७६, शुक्रबार १७:३२
 

सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ बैशाखामा रहेको श्रीराम आधारभूत विद्यालयका शिक्षक भाइरल ज्वरोका कारण विरामी परेपछि विद्यालय बन्द भएको छ । विद्यालयमा कार्यरत तीन जना शिक्षकलाई भाइरल ज्वरो आएपछि तीन अघिदेखि विद्यालय बन्द भएको हो ।
विद्यालयमा दुई जना निजी र एक जना बालविकासमा गरी तीन जना शिक्षक कार्यरत रहेका छन् । वातावरणमा आएको परिवर्तनसँगै विद्यालयमा कार्यरत शिक्षक सबै जना विरामी परेपछि विद्यालय बन्द गर्नु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर कुँवरले बताए । विद्यालयमा दलित, निकुञ्ज विस्थापित र मुक्त कमैयाका गरी १५० जना विद्यार्थी अध्ययनरत रहेका छन् । स्थानीय बासिन्दाको पहलमा विद्यालय सञ्चालन हुँदै आएको छ । अस्पतालमा भाइरल ज्वरोकै विरामी बढी महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुग्नेमध्ये अधिकांशमा भाइरल ज्वरोको संक्रमण देखा परेको छ ।
उपचारका लागि पुग्ने मध्ये ७० प्रतिशत बढी विरामीमा भाइरल ज्वरोको संक्रमण देखा परेको स्वाथ्यकर्मीले बताएका छन् । ज्वरो आउने, टाउको, घाँटी, हात खुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने, जीउ दुख्नेलगायतका लक्षण भएका विरामीको संख्या प्रतिदिन बढदो रुपमा रहेको उनले बताए । उनका अनुसार अस्पतालमा दैनिक दुई सयको हाराहारीमा विरामी उपचारका लागि पुग्ने गरेका छन् । जस मध्ये ७० प्रतिशत बढी भाइरल ज्वरोका विरामी हुने गरेका छन् ।
ज्वरोको समस्या लिएर आउनेमा ज्येष्ठ नागरिक, बालबालिका र महिलाको संख्या अधिक रहने गरेको छ । लक्षणका आधारमा भाइरलको संक्रमण भएका विरामीको चिकित्सकले उपचार गर्दै आएका छन् । वातावरणमा आएको परिवर्तन र दुषित खानपानका कारण भाइरल ज्वरोको संक्रमण हुने गरेको छ ।
यसैगरी ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकीमा समेत भाइरल ज्वरोका विरामीको संख्या बढदो छ । स्वास्थ्य चौकीमा दैनिक ६० जनाको हाराहारीमा ज्वरोका विरामी उपचारका लागि पुग्ने गरेका छन् । बजार क्षेत्रका निजी क्लिनिकमा भाइरल ज्वरोको उपचारका लागि पुग्ने विरामीको संख्यासमेत उत्तिकै रहेको छ ।

Next Post

तेइस गाईको मृत्युबारे मन्त्री राईको ध्यानाकर्षण

१३ भाद्र २०७६, शुक्रबार १७:३२
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : सुर्खेतको कटकुवा जंगलमा मृत भेटिएका गाईको हत्या भएको हुनसक्ने भन्दै शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले उक्त घटनाको छानविन गर्न गृहमन्त्रालयलाई पत्राचार गरेका छन् । मन्त्री राईले शुक्रवार घटनाको आवश्यक छानविन गरी दोषीलाई कारवाही गर्न गृहमन्त्रालयमा पत्राचार गरेका हुन् । सुर्खेतको कटकुवास्थित जंगलमा २३ वटा गाई […]