भेरीको परीक्षणमा ६६ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ६ कार्तिक २०७७, बिहीबार १८:२१
 

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालद्वारा बिहीवार जारी विवरण अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा बाँकेका ४४ र अन्य जिल्लाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा १ सय ९१ को नमुना परीक्षण गरिएको थियो ।


भेरीको प्रयोगशालामा हालसम्म ४५ हजार ६ सय ९ जनाको नमुना परीक्षण गरिएकोमा ३ हजार ३ सय ९४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

Next Post

कोरोना संक्रमितको बाँकेमा मृत्यु

६ कार्तिक २०७७, बिहीबार १८:२१
नेपालगञ्ज : दाङका कोरोना संक्रमित ५५ वर्षीय पुरुषको बाँकेमा मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ५ का पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बिहीवार अपरान्ह मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उच्च रक्तचाप र मधुमेहका विरामी ती पुरुष स्वास्थ्यमा समस्या […]

ताजा अपडेट