गृहणी महिलालाई व्यवसायिक बाख्रापालन तालिम

१२ भाद्र २०७६, बिहीबार १८:०४
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : गृहणी महिलाको लागि तीन दिने व्यावसायीक बाख्रापालन तालिम नेपालगञ्जमा सुरु भएको छ । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड बाँके परसपुर शाखाको आयोजनामा बाँके र बर्दियाका निर्धन बचत समुहमा आवद्ध गृहणीलाई लक्षित गरी सो तालिम सुरु गरिएको हो ।
सो तालिममा बाँकेको नेपालगन्ज उप–महानगरपालिका, खजुरा र जानकी गाउपालिका तथा बर्दियाको बढैयाताल गाउपालिकाका निर्धनको बचत समुहमा आबद्ध ३० जना गृहणी महिला सहभागी रहेका छन् ।
तलिमको उद्दघाटन गर्दै खजुरा गाउपालिकाका कार्यबाहक प्रमुख एकमया विकले गृहणी महिलाको लागि बाख्रापालन तालिम पनि निर्धनको बचत जस्तै भएको उल्लेख गर्दै घरमा एक–दुई बाख्रा मात्र पालेर व्यावसयिक बन्छु भन्ने सोच त्यागेर साच्चिकै व्यावसायिक बन्नको लागि आग्रह गरिन ।
उनले निर्धनले गृहणी महिलालाई बचत गर्न सिकाउदै उनीहरुलाई आत्मनिर्भर बनाउन लागि जीवन उपयोगि तालिम दिनु र त्यसलाई व्यवहारमा उर्तानको लागि लगानी पनि गरिदिनु पर्ने कुरामा जोड दिईन ।
निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड क्षेत्रीय कार्यालय कोहलपुरका जीतराम गौतमले निर्धनले ३ लाख ५५ हजार ९ सय ४७ घरधुरीका गउहणी महिलालाई बचत गर्न तथा उनीहरुलाई जीवन उपयोगी तालिम दिई व्यावसायी बनाउन मद्दत गरेको जानकारी दिए । उनले करिव २२ अर्व लगानी गरेको निर्धनले १२ अर्व बराबर बचत समेत गरेको बताए ।
निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड बाँके परसपुर शाखाका प्रमुख टोपबहादुर रास्कोटीको अध्यक्षतामा सुरु भएको सो तालिममा भेटनरी अस्पताल तथा पशु ज्ञान केन्द्रका डा हरीबहादुर पुनलगायतले सहजिकरण गर्ने छन ।

Next Post

नेपालगञ्ज काञ्जिहाउसका गाई सुर्खेतमा भीरबाट खसालियो

१२ भाद्र २०७६, बिहीबार १८:०४
सदरलाइनडटकम, सुर्खेत : सुर्खेतमा दर्जनौं गाई भीरबाट खसालेर मारिएका छन् । नेपालगञ्जबाट नियन्त्रणमा लिइएका छाडा चौपाया सुर्खेतमा ल्याएर भीरबाट खसालिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएर काञ्जिहाउसमा राखिएका गाई सुर्खेतमा भीरबाट खसालेर मारिएका छन् । नेपालगञ्जबाट ट्रकमा राखेर ल्याइएका २ सय ९१ वटा गाईमध्ये वीरेन्द्रनगरस्थित कटकुवाको जंगलमा करिब तीन दर्जन […]

सम्बन्धित