पर्यटन मन्त्रीको योजनामा परेन नेपालगञ्ज एयरपोर्ट

११ भाद्र २०७६, बुधबार १७:३५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत साधन समितिकी सभापति पूर्णकुमारी सुवेदीले पर्यटन मन्त्री योगेश भट्टराईको एक वर्षे कार्ययोजनामा नेपालगञ्ज बिमानस्थल नपरेको बिषयमा आफुले बुझ्ने बताएकी छन् ।
बुधवार नेपालगञ्जमा पत्रकारहरुको प्रश्नको जबाफ दिने क्रममा सुवेदीले आफु काठमाण्डौ गएपछि नेपालगञ्ज बिमानस्थल किन प्राथमिकतामा नपरेको बारे पर्यटन मन्त्रीसँग कुरा गर्ने विश्वास दिलाइन् । पर्यटन मन्त्रीले केही दिनअघि सार्वजनिक गरेको कार्ययोजनामा नेपालगञ्ज बिमानस्थलको स्तरोन्नती र नेपालगञ्ज– दिल्ली उडानका बारेमा केही उल्लेख नभएको भन्दै यहाँका जनतामा निराशा छाएको ।
पूर्व पर्यटन मन्त्री स्वर्गीय रबिन्द्र अधिकारीले नेपालगञ्ज बिमानस्थलका बारेमा संसदमै बोलेको स्मरण गराउँदै नेपालगञ्जका पत्रकारहरुले सुवेदीको ध्यानार्कषण गराएका थिए । नेपालगञ्ज बिमानस्थललाई क्षेत्रीयस्तरको बिमानस्थल बनाउने कुरा रहेको भन्दै उनले स्वर्गीय रबिन्द्र अधिकारीले यस बिषयमा संसदमै बोलिसकेकोले अहिले किन छुट्यो भन्ने कुरा आफुले बुझ्ने बताइन् ।

Next Post

सोह्र वर्षमै बिहेको माग गर्दै नेपालगञ्जमा जुलुश

११ भाद्र २०७६, बुधबार १७:३५
सदरलाइनडटकम, नेपालगञ्ज : १६ वर्षमै विवाह गर्न पाउनुपर्ने माग गर्दै नेपालगञ्जमा जुलुश निकालिएको छ । बाँकेको जानकी गाउँपालिका–५ कैलासीका रामदेव मिश्रको अगुवाइमा बुधवार नेपालगञ्जको धम्बोझी चोकबाट जुलुश निस्केको हो । उनीहरुले १६ वर्षमा सन्तानको बिहे गर्न पाउनुपर्ने माग राख्दै नगर परिक्रमा गरेका हुन् । जुलुशमा महिलाहरु नाबालक सन्तानसहित आएका थिए […]