प्रेस स्वतन्त्रता सेनानी स्व.रामगोपाल बैष्य स्मृती प्रतिष्ठानद्वारा तीन अग्रज पत्रकार सम्मानित

७ पुष २०७६, सोमबार १८:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  प्रेस स्वतन्त्रता सेनानी स्व.रामगोपाल बैष्य स्मृती प्रतिष्ठानले पुण्य तिथिका अवसरमा बाँकेमा पत्रकारितामा योगदान दिने तीन अग्रज पत्रकार सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल र जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीबास्तवले प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता, लियाकत अलि र बाशुदेव श्रेष्ठलाई सम्मान गरेका हुन ।
सो अवसरमा बोल्दै महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखे्रेलले प्रेस स्वतन्त्रता सेनानी स्व.रामगोपाल बैष्यले सुरुवात गरेको त्रीभुवनचोक बोल्दछ भन्ने स्तम्भबाट आफु प्रेरित भएको भन्दै सो स्तम्भमा लेखिएका लेख रचनाहरुको संग्रह बनाउन प्रतिष्ठानलाई सुझाव दिए ।
यसैगरी जिल्ला समन्वय समिति बाँकेका संयोजक श्रीबास्तबले प्रतिष्ठानले समाजमा रहेका बिकृती र बिसंगतीका बिरुद्ध आवावज उठाउन आग्रह गर्दै प्रतिष्ठानलाई आफ्नो व्यक्तिगत रुपमा ११ हजार आर्थिक सहयोग गरे ।
सोही अवसरमा समाजसेवी मोहनलाल वैष्यलाई मरणोपरान्त सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष नन्दलाल बैष्यको अध्यतामा सम्पन्न कार्यक्रममा प्राज्ञ सनत रेग्मी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मो हारुन, व्यावसायी नारायण ज्ञवाली, पत्रकार शिव डोटेल, बरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीलगायतले प्रेस स्वतन्त्रता सेनानी स्व.रामगोपाल बैष्यको पत्रकारीता तथा सामाजिक व्यक्तित्वमाथि प्रकाश पारेका थिए ।

Next Post

भ्रमण वर्षका अवसरमा बाँकेमा विशेष कार्यक्रम

७ पुष २०७६, सोमबार १८:४३
सदरलाइनडटकम, नेपालगञ्ज : भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन बाँकेमा विशेष कार्यक्रमको तयारी गरिएको छ । नेपालगञ्जमा भव्य विशेष कार्यक्रम आयोजना हुने तथा जमुनाहा नाका हुँदै आउने विदेशी पर्यटकलाई भव्य स्वागत गरिने होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले जानकारी दिए । उनका अनुसार भ्रमण वर्ष शुभारम्भको दिन जमुनाहनाकामा […]