सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले दुबै मृगौला फेल भएका बाँके खजुराका अमित दर्जीलाई आर्थिक सहयोग गरेका छन् । वडाध्यक्ष बेहनाले दर्जीको उपचारका लागि १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
पैसाको अभावले उपचार गर्न नसकिरहेको समाचार बाहिर आएपछि आफूले बुधवार दर्जीका आफन्तलाई वडा कार्यालयमा १० हजार रुपैयाँ हस्तान्तरण गरेको वडाध्यक्ष बेहनाले बताए । उनले आफु सँधै इमान्दारीताको बाटोमा हिँडेको र स्वास्थ्य सेवाबाट बञ्चित भएकालाई सहयोग गर्न तयार रहेको बताए ।
