सदरलाइनडटकम,
बाजुरा : बाजुराको बुढीगङ्गा नगरपालिका–१० बधेडामा शुक्रवार राति १ बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया छोरी सिरिया सार्की रहेको स्थानीय रमेश सार्कीले बताइन् ।
लाल सार्कीको घरमा परेको चट्याङको आवाजले बेहोस भएर बालिकाको मृत्यु भएको सार्कीको भनाइ रहेको छ । मृतक बालिकाकी आमा दीला सार्कीको अवस्था भने अचेत रहेको बताइएको छ । मृतक बालिकाका बुबा नोकरीको सिलसिलामा भारतमा रहेका छन् । चट्याङले स्थानीय लालबहादुर सार्कीको घरमा क्षति पुगेको छ ।
