सदरलाइनडटकम,
नेपालगञ्ज : ट्रकले किच्दा बाँकेमा आधा दर्जनभन्दा बढी भेडा मरेका छन् । नेपालगञ्ज कोहलपुर सडकखण्डअन्तर्गत हवल्दारपुरमा मिनिट्रकले किच्दा आधा दर्जनभन्दा बढि भेडा मारिएका छन् ।
नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १ ख २१६६ नम्बरको मिनि ट्रकले बाटो काट्दै गरेका भेडाको हुललाई मंगलवार मध्यान्ह १२ बजे ठक्कर दिँदा उनीहरु मारिएका हुन् । ट्रकको ठक्करबाट छियाछिया भएका भेडाहरु बाटोभरी छरिएका थिए ।
जानकी गाउँपालिका वडा नं. ६ निवासी दसंराम गडरियाले गोठबाट चरनकालागि लैजाँदै गरेका भेडालाई हवल्दारपुरस्थित शिखर प्लाई उद्योग नजिकै ट्रकले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीले ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएको छ भने चालक फरार भएको बताएको छ ।
