बागेश्वरी मन्दिरको लागि बृहद गुरु योजना बनाउ

३ भाद्र २०७६, मंगलवार ०८:४१
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : पछिल्लो दिन सामाजिक सञ्जालदेखि सञ्चार माध्याममा चर्चाको विषय बनेको बागेश्वरी मन्दिर परिषरमा निर्माण गरिन लागेको १७ सटरसहितको संरचनाको विषयमा नेपालगञ्जका नागरिक समाजका अगुवाल बृहद गुरुयोजना बनाउन सुझाव दिएका छन् ।
विकासका लागि नागरिक सरोकार समिति बाँकेले आयोजना गरेको छलफल कार्याक्रममा सहभागिले सो सुझाव दिएका हुन । छलफलका क्रममा बागेश्वरी मन्दिरमा सटर बनाउने बिषयमा बिवाद गर्नु भन्दा मन्दिरको दिर्घकालिन हितसहितको ‘गुरुयोजना’ बनाएर बागेश्वरी मन्दिरलाई प्रसिद्ध धार्मिक शक्तिपिठका रुपमा विकास गर्नुपर्नेमा जोड दिदै बागेश्वरी मन्दिरको विकासको लागि दिर्घकालिन योजना बनाउनेतर्फ बहस केन्द्रीत गर्न सुझाव आएको हो ।
सो छलफलमा आफनो धारणा राख्दै संस्कृतिबिद् डा. राजकुमार सुवेदीले बागेश्वरी मन्दिरको विषयमा बृहद गुरु योजना बनाएर सो अनुरुप अघि बढ्न सुझाव दिए । उनले भने–‘ बागेश्वरी विकासको लागि बृहद गुरु योजना नबनाएसम्म केही सटरले मात्र बागेश्वरीको विकास हुन सक्दैन ।’
संस्कृतिबिद् डा.सुवेदीले बागेश्वरी मन्दिरको बारेमा पर्यटन मन्त्रालयले गुरुयोजनाका बारेमा धेरै पहिले खाका तयार गरेको भए पनि त्यो अगाडी बढ्न नसकेको जानकारी दिदै भने–‘ बागेश्वरी मन्दिरको बिकासको लागि पर्यटन मन्त्रलायले गुरुयोजना सहितको खाका तयार परेको थियो । त्यो खाकाका बारेमा सम्भवत गुठी पनि जानकार छैन होला ।’
बागेश्वरी मन्दिरमा पछिल्लो दिनमा आउने श्रद्धालुको भिडको कारणले खुला स्थानको आवश्यकताको महशुस गरी बागेश्वरी विकास समिति नै निर्माण गर्न पर्नेमा उनको जोड थियो । उनले मन्दिरको स्वरुप कस्तो हुने, श्रद्धालुको भिड कसरी नियन्त्रण गर्ने, जुत्ता चम्पल कहाँ राख्ने ? मन्दिरलाई कलात्मक कसरी बनाउने भन्ने बिषयमा योजना बन्नुपर्ने सुझाव समेत दिए ।
समितका संयोजक कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वमेयर बिजय गुप्ता, साहित्यकार सनत रेग्मी, पशुपतियाल मिश्र, महेन्द्र बहुमुखी कयाम्पसका प्रमुख गणेश रेग्मी, अधिवक्ता प्रह्लाद कार्की, पुनरावेदन बार उच्च अदालत नेपालगञ्ज इजलासका अध्यक्ष विकास आचार्य लगायतको कानून व्यवसायी, उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रका अगुवा र पत्रकारहरुको सहभागिता रहेको थियो ।
्नागरिक समाजका अगुवाहरुको छलफलबाट आउने निष्कर्ष सरोकारवाला निकायलाई बुझाउने तयारी रहेको अध्यक्ष श्रेष्ठले बताए । सहभागिहरुले मन्दिर लगायत धार्मिक संस्थाको विषयमा आवाज उठाउनु आवश्यक भए पनि राजनीतिकरण गर्ने वा समाजलाई भाड्ने काम नगर्न सुझाव दिइएको छ ।
नागरिक अगुवाहरुले बागेश्वरी मन्दिरमात्र नभएर नेपालगन्जका अन्य धर्म वा सम्प्रदायका आस्थाका केन्द्र सञ्चालनको क्रममा भएका वा हुँदै आएका अतिक्रमण, बेथितीको बारेमा पनि नियमन गर्ने निकायलाई नियमन गर्न सुझाव दिएको थियो ।


Next Post

कपिलवस्तुमा तीन लाख लुटियो

३ भाद्र २०७६, मंगलवार ०८:४१
सदरलाइनडटकम, कपिलवस्तु : हतियार देखाएर कपिलबस्तु सदरमुकाम तौलिहवास्थित आनन्दबागबाट ३ लाख रुपैयाँ लुटिएको छ । अज्ञात समूहले हतियार देखाएर कपिलबस्तु नगरपालिका ३ आनन्दबागबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका ब्यक्तिले सो रकम लुटेका हुन् । सदरमुकाम तौलिहवा स्थित राष्ट्रिय वाणिज्य बैंकबाट मंगलवार अपरान्ह पैसा निकालेर बुद्धभुमि नगरपालिका १० विजगौरी तर्फ जाँदै […]