सदरलाइनडटकम,
नेपालगञ्ज : ट्रकले ठक्कर दिँदा नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ । साइकला सवार नेपालगञ्ज २० मनिकापुरका बलराम मिश्रलाई बा ८ ख १६८४ नम्बरको ट्रकले सिद्धार्थ भ्यु होटेल अगाडी आज बिहान १० बजे ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट सिकिस्त घाइते भएका मिश्रलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो ।
उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार कोहलपुरदेखि आउँदै गरेको ट्रकले साइकलमा नेपालगञ्ज आउदै गरेका मिश्रलाई पछाडीबाट ठक्कर दिएको थियो ।
