नेपालगञ्ज : तराई–मधेसका बाँकेसहित विभिन्न जिल्लाहरुमा आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको संवृद्धिको कामना गर्दै दाहिने हातको नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्परा रहेको छ ।
दिदीबहिनीले दाजुभाइको दाहिने हातको नाडीमा रक्षासूत्र बाँधिदिने कार्यलाईं ‘राखी’ भनिने गरिएको छ । निर्धारित साईतमा दिदिबहिनीले दाजुभाईको नाडीमा विषेश प्रकारको धागो अर्थात राखि बाँधिदिनाले दाजुभाईको रक्षा हुने यक्ष बढ्ने साथै दिदीबहिनीको दाजुभाईद्वारा रक्षा गरिने जनविश्वास रहिआएको छ ।
यसपालिको राखीपर्व मध्याह्नपछि दिउँसो गरिनुपर्ने पुरोहितको भनाइ छ । आजको पूर्णिमा तिथिको ४७ घडी १९ पला भोगमध्ये सुरुका १९ घडी ४५ पलामा भद्रा करण परेका हुँदा सो कटाएर राखी बाँध्नु पर्ने बताईएको छ ।
राखी बाँधेर दाजुभाईलाई दिदिबहिनीले मिठो परिकार, मिठाई खुवाउने चलन छ । दाजुभाईले पनि आफ्नो गक्ष अनुसार लत्ताकपडा , गरगहना दिने चलन छ ।