सदरलाइनडटकम,
डोटी : सेती नदीमा नुहाउने क्रममा आइतवार एक बालिकाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका ४ राजपुरकी ८ वर्षीय करिष्मा नेपाली दिपायल सिलगढी नगरपालिका ३ वासुधारा नजिकबाट नुहाउने क्रममा बगेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।
नुहाउने क्रममा बिहान १० बजेतिर बेपत्ता भएकी हुन् । २०७६ बैशाखदेखि हालसम्म मात्र सेती नदीमा आठ जना बेपत्ता भएका छन् ।
