महिला उद्यमी संघ बाँकेमा गौतम

२६ श्रावण २०७६, आईतवार १७:०४
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : महिला उद्यमी संघ बाँके १६ औं साधारण सभाबाट निर्मला गौतमको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गदै नेपालगन्जमा सम्पन्न भएको छ ।
नेपालगन्ज उप–महानगरका प्रमुख डा. धवल शम्शेर राणाले उद्दघाटन गरेको सो साधारण सभाबाट संघको प्रथम उपाध्यक्षमा निरुपमा रस्तोगी, द्धितीय उपाध्यक्षमा सावित्रा बस्नेत, महासचिवमा रेवती सिंह, सहसचिवमा सारदा श्रेष्ठ, कोषाध्यक्षमा सुनिता पाण्डे र सदस्यमा क्रमशः नितु चन्द, आभा गौतम, बिन्दु चर्तीमगर, सुनिता सुवेदी, सुष्मा ज्ञवाली, सान्त्वना राणा र सरिता शाक्य सर्वसम्मत रुपबाट निर्वाचित भएका छन् ।
साधारण सभाको उद्दघाटन गर्दै मेयर राणाले महिला उद्यमको विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउदै उनले भने–‘कोशेली घर निर्माणमा सहयोग गरे जस्तै महिला उद्यमीलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम ल्याउन सहयोग गर्छु ।’
सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले उद्यम क्षेत्रमा महिलाको सहभागिता बढ्दै जानु स्वागत योग्य कुरा भएको बताए ।
साधारणसभामा महिला उद्यमी संघकी केन्द्रीय सदस्य सरस्वती शर्माले उद्यम क्षेत्रमा महिला सहभागिता बढाउन राज्यको सकारात्मक नीति आवश्यक रहेको बताईन । पूर्व अध्यक्ष कुसुम बस्नेतले चुलोचौको सम्हाल्दै उद्यम, व्यवसायमा लाग्न महिलालाई धेरै चुनौती रहेको बताईन । जस्तोसुकै अवस्था आए पनि संघलाई सक्रिय बनाएर लैजानुपर्नेमा जोड दिइन ।
साधारणसभामा पूर्व अध्यक्ष कमला टण्डन र कुसुम बस्नेतलाई सम्मान गरिएको थियो । अध्यक्ष सुशिला गौतमले आफ्नो कार्यकालमा कोशेली घर निर्माणदेखि महिला उद्यमीलाई प्रशिक्षण दिने काम गरिएको बताईन । साधारणसभाको उद्दघाटन सत्र रेवती सिंहले सञ्चालन गरेकी थिईन ।
उद्यम क्षेत्रमा महिला सहभागिता बढाउँन नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाको पहलमा २०६० सालमा सघ स्थापना गरिएको थियो । सो साधारणसभामा उपस्थित हुन नसकेपछि पनि राणाले साधारण सभाको फोनबाटै शुभकामना दिएकी थिइन ।

Next Post

१० हजार विरुवा रोप्ने पूर्व घोषित कार्यक्रमको भयो सुरुवात

२६ श्रावण २०७६, आईतवार १७:०४
सदरलाइनडटकम, नेपालगञ्ज  :  शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले आफ्नो पूर्व घोषित वृहत वृक्षारोपण अभियानको सुरुवात नेपालगन्जबाट गरेका छन् । केहीदिन पहिला उनले नेपालगन्जको सौन्दर्यकरण तथा हरियाली निर्माण गर्नका लागि १० हजार हुर्केका रुख रोप्ने उद्दघोष गरे बमोजिम सो कार्यको सुरुवात गरिएको हो । शहरी विकास मन्त्री राईले नेपालगन्जमा ‘दशहजार […]

सम्बन्धित