मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

सदरलाइन संवाददाता ६ आश्विन २०८१, आईतवार १७:५६
 

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ परेका छन् । प्रसाईलाई आइतबार दिउँसो भक्तपुर उनकै निवासबाट पक्राउ गरिएको हो ।


साइबर ब्यूरोमा परेको उजूरीका आधारमा जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ पूर्जी लिएर गएको प्रहरीले उनलाई निवासबाटै पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका जानकारी दिए ।

प्रसाई विरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ । असोज २ गते उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा दुई महिनामा भएको सडक दुर्घटनामा परेर १२ जनाले गुमाए ज्यान 

६ आश्विन २०८१, आईतवार १७:५६
नेपालगञ्ज :  चालु आर्थिक वर्षको दुई महिनामा बाँकेमा भएका १८ वटा सवारी दुर्घटनामा परेर १२ जनाले ज्यान गुमाउनुका साथै १९ जना गम्भीर र ३६ जना सामान्य गरी ५५ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख ट्राफिक प्रहरी निरीक्षक पुष्पराज पन्तले चालु आर्थिक वर्ष २०८१–०८२ को साउन […]