‘क्रिष्टलो’को सिलबन्दी बोतलमा भेटीयो कुहेको पात

१९ श्रावण २०७६, आईतवार १९:४१
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  नेपालगञ्जमा उत्पादन गरिएको ‘क्रिष्टलो’ खानेपानीको सिलबन्दी बोतलमा कुहेको पात भेटिएको छ । प्रसोधन गरी बजारमा ल्याईने दाबी गरिदै आईएको पानीको बोतलमा कुहेको पातसहित उपभोक्तासम्म पुग्दा पानी उद्योगको ‘प्रशोधन’ एकादेशको कथा भएको छ ।
भेरी अस्पतालको ईमेरजन्सी वार्डमा उपचारको लागि आएका विरामीका आफन्तले पिउनको लागि किनेको सिलबन्दी क्रिष्टलो ब्राण्डको खानेपानीको बोतलको पानीमा कुहेको पात भेटिएको हो । (फोटो र भिडियोमा हेर्न सकिन्छ )
सल्यानबाट विरामीको उपचारमा नेपालगञ्ज आएका डिलप्रकाश घर्तिमगरले पिउनको लागि किनेको सिलबन्दी क्रिष्टलो पानीको बोतलमा कुहेको पात भेटिएपछि अस्पतालबाटै उनले सञ्चार माध्यामलाई खबर गरेका थिए ।
उनले भने–‘पिउनको लागि पानी किनेर ल्याए तर, अस्पतालकोे ईमरजेन्सीमा पुगेर पानी पिउन लाग्दा बोतलमा कालो देखे हेर्दा कुहेको पात थियो ।’ उनले उद्योग सञ्चलकलाई समेत सम्पर्क गरेर जानकारी गराउदा ‘बाई मिस्टेकले हुन्छ’ भन्ने जवाफ मात्र पाएको बताए ।
सो उद्योगका सञ्चालक चन्द्रकान्त आचार्यले प्राविधिक त्रुटीका कारण भएको हुनसक्ने बताए । उनले बोतल फिलिङ्गको बेलामा विद्युतको अनियमिता हुँदा यस्तो समस्या आउने दाबी गरे ।
उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष तथा अधिवक्ता बसन्त गौतमले पानी उद्योगले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी उत्पादन गरेको पानी ल्याव परिक्षण नै नगरी बजारमा पठाउने गरेको पाईएमा उपभोक्ताको उजुरीको आधारमा कारवाही हुने बताए ।
उनले गत आर्थिक वर्षमा १५ बढी पानी उद्योगमा उपभोक्तले गरेको उजुरीको आधारमा सिल गरी कारवाही गरीएको जानकारी दिए ।
यसैबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेका खाद्य निरिक्षक नेत्रा बोगटीले खद्य ऐन विपरित उत्पादित वस्तु बजारमा भेटिए वा उपभोक्तले उजुरी गरेको खण्डमा त्यस्ता उद्योगलाई कारवाही हुने जानकारी दिईन ।


Next Post

मुगुमा वडा कार्यालयसहित सात घरमा आगजनी

१९ श्रावण २०७६, आईतवार १९:४१
सदरलाइनडटकम, मुगु : मुगुको पश्चिम खत्याड भेगमा पर्ने खत्याड गाउँपालिकाको २ नम्बर वडा कार्यालयमा अज्ञात समूहले आगजनी गराएको छ । आइतवार राति १२ बजे वडा कार्यालयमा आगजनी गराइएको बताइएको छ । राति भएको आगजनीबाट कार्यालयका सम्पूर्ण कागजपत्रसहित वडा कार्यालय जलेर पूर्णरूपमा नष्ट भएको २ नम्बर वडाका वडा अध्यक्ष लालबहादुर मल्लले […]