बैतडीमा हत्या आरोपित कोली कारागार चलान

सदरलाइन संवाददाता १० पुष २०७९, आईतवार १५:०४
 

बैतडी : बैतडीकी माया लुहार हत्याका आरोपित शिवनाथ गाउँपालिका–४ सोलपाला भरतराम कोली पुर्पक्षका लागि करागार चलान भएका छन् । पञ्चेश्वर गाउँपालिका ४ फ्याउलेकी मायाको हत्या आरोपित कोलीलाई जिल्ला अदालत बैतडीले कारगार चलान गरेको हो ।

पौष ६ गते नै पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए । प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा पौष ५ गते मुद्दा बुझाएको थियो । २१ बर्षीया मायाको सशस्त्र प्रहरीका जवानसमेत रहेका कोलीले मंसिर १३ गते चक्कुले घाँटी रेटेर हत्या गरेका थिए भने मायाकी भदै १५ वर्षीया नेहा लुहारलाई घाइते बनाएका थिए ।


घटना लगत्तै फरार रहेका कोलीलाई मंसिर १८ गते महेन्द्रनगरबाट पक्राउ गरिएको थियो। उनले माया लुहारको हत्या गरेको स्वीकार गरेका थिए । उनीमाथि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवामा अवैध उत्खनन् गरिरहेको जेसिबी र टिपर प्रहरीको नियन्त्रणमा

१० पुष २०७९, आईतवार १५:०४
नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिकाको खोला छेउबाट अवैधरुपमा बालुवा खन्दै गरेको जेसिबी र टिपरलाई शनिवार राती १० बजे प्रहरीले नियन्त्रणमा लिएको छ । डुडुवा गाउँपालिका वडा नं. २ बेतहनीदेखि सन्तलिया जाने बाटोस्थित सेमरा भारी भन्ने स्थानमा अवैधरुपमा बालुवा खनिरहेको एक टिपर र एक जेसिबीलाई शनिवार राती नियन्त्रणमा लिइएको इलाका प्रहरी […]