सडक दुर्घटनामा बाँकेमा साठी जनाको मृत्यु

१२ श्रावण २०७६, आईतवार १५:५७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सडक दुर्घटनामा बाँकेमा एक वर्षको अवधिमा ६० जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष ०७५/०७६ मा सडक दुर्घटनामा परी ६० जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए । मृत्यु हुनेमा ४२ पुरुष, १४ महिला र चार जना बालबालिका रहेका छन् । गत आर्थिक वर्ष बाँकेमा ९९ वटा दुर्घटना भएका थिए । उक्त दुर्घटनामा परी ४५ पुरुष, २३ महिला, सात बालक र एक बालिका गरी ७५ जना गम्भीर घाइते भएको तथ्यांक छ ।
यस्तै, ५४ पुरुष, २९ महिला र तीन बालबालिका गरी ८६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ । दुर्घटनामा दुई वटा चौपायाको मृत्यु र एक घाइते भएको समेत प्रतिवेदनमा उल्लेख छ । जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्यांकअनुसार बाँकेमा हरेक साता सरदर दुई वटा सडक दुर्घटना हुने गरेको छ । दुर्घटनामा प्रत्येक साता एक जनाको मृत्यु र तीन जना गम्भीर घाइते हुने गरेका छन् ।
चालकको लापरवाही र तीब्र गति दुर्घटनाको मुख्य कारण देखिएको ट्राफिक प्रहरीले जनाएको छ । जिल्लामा भएका ९९ ठूला दुर्घटनामध्ये तीब्र गतिका कारण ३९, चालकको लापरवाहीका कारण ३९, ओभरटेक गर्दा सात, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा पाँच, खराब सडकका कारण चार, छाडा चौपायाका कारण तीन र यान्त्रिक कारणले दुई वटा दुर्घटना भएको ट्राफिक प्रहरीको अध्ययनले देखाएको छ ।

Next Post

राहदानीबाट बाँके प्रशासनलाई बढी राजश्व

१२ श्रावण २०७६, आईतवार १५:५७
सदरलाइनडटकम, नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले राहदानी शुल्कबाट सबैभन्दा बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष ०७४÷७५ मा राहदानीबाट २ करोड १७ लाख २५ हजार रुपैयाँ संकलन भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । यस्तै संघ संस्था दर्ता दस्तुरबाट ६ लाख ६८ हजार ५५० रुपैयाँ संकलन भएको […]