सदरलाइनडटकम,
कोहलपुर (बाँके) : कोहलपुरमा भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजना गम्भिर घाइते भएका छन् । कोहलपुर वडा नम्बर ११ मा भे १ च २७६७ नम्बरको भ्यान र भे १ प ७६१६ नम्बरको मोटरसाइकल आज विहान एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार घाइतेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
