सदरलाइनडटकम,
नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले राहदानी शुल्कबाट सबैभन्दा बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष ०७४÷७५ मा राहदानीबाट २ करोड १७ लाख २५ हजार रुपैयाँ संकलन भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
यस्तै संघ संस्था दर्ता दस्तुरबाट ६ लाख ६८ हजार ५५० रुपैयाँ संकलन भएको छ । त्यसैगरी, न्यायिक दस्तुरबाट ६ लाख ५४ हजार २४३ रुपैयाँ, हातहतियार इजाजत पत्र दस्तुर बापत एक लाख ७६ हजार २५० र परीक्षा शुल्क बापत एक हजार आठ सय रुपैयाँ संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताए ।
यस्तै प्रशासनले १२ हजार ६०० रुपैयाँ बेरुजु उठाएको छ । सबै शीर्षकबाट गरी गत आर्थिक वर्षमा दुई करोड ३२ लाख ३८ हजार ४ सय ४३ रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए ।
