नेपाली काँग्रेसको टिकट वितरणको असंतुष्टि विमानस्थलदेखि पार्टी कार्यालयसम्म छताछुल्ल

२८ कार्तिक २०७४, मंगलवार १९:१०
 

सदरलाइनडटकम 
२८ कात्तिक, नेपालगन्ज : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनमा टिकट वितरणमा कोईराला परिवार उपेक्षा गरेको भन्दै बाँकेमा काँग्रसजनले उनकै सामु विरोध जनाएका छन् ।
मंगलबार नेपालगन्जमा सुरक्षा गोष्ठिको उद्दघाटन गर्न आउँदा बाँकेमा टिकट वितरणमा देउवा पक्षले पूर्व पार्टी सभापति तथा पूर्व प्रधानमनत्री सुशील कोईरालाका निकटलाई किनारा लगाउदै स्व. कोईरालाको निर्वाचन क्षेत्र समेत राप्रपालाई दिएको विषयमा असंतुष्टि बढेर छताछुल्ल भएको हो ।
पार्टी सभापति देउवाले गरेको मनोमानी नेपालगन्ज विमानस्थलदेखि पार्टी कार्यालयसम्म छताछुल्ल भएको दावी गर्दै टिकट वितारण प्रकृयामा असंतुष्टि जनाउने समुहका एक नेताले दिएको जानकारी अनुसार पार्टी समापति देउवाको स्वागतका लागि बाँके जिल्ला सभापति किरण कोइराला पनि बिमानस्थल पुगेर औपचारीक स्वागत गरि फर्कनुले पुष्टि गरेको दावी गरे ।
प्रधानमन्त्री देउवा बिमानस्थलमा ओर्लेर अति बिशिष्ट कक्षमा पुग्दा जिल्ला सभापति कोइरालालाई पनि बोलाईदा उनी अति विशिष्ट कक्षमा जाँदै नगई फर्किइन । प्रधानमन्त्री देउवाले उनलाई पटक–पटक पार्टी नेता, बर्तमान सरकारका मन्त्रीसमेतलाई पठाए तर, उनी अति बिशिष्ट कक्षमा जान मानिनन ।
जिल्ला सभापति कोइराला समानुपातिकको सुचीमा समेत नपरेपछि स्व.सुशील कोइरालाकी भाईबुहारी समेत रहेकी उनी पार्टी सभापति देउवासंग असन्तुष्ट छिन । मंगलबारको घटनालाई पनि सोही असन्तुष्टीसंग जोडिएको छ ।
बाँके पार्टी सभापति कोईरालाले आफुले विमानस्थलमा पार्टी सभापतिलाई औपचारिक स्वागत गरेर आएको बताईन । उनले भनिन–‘मैले पार्टी कार्यालयमा र उहाँ (देउवा) को मंगलबार नेपालगन्जमा नै बसाई हुने भएकोले एक्लै भेट्ने योजना रहेकोले अति विशिष्ट कक्षमा नगएकी हु ।’


पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेस पार्टी कार्यालयमा निर्धारित समय भन्दा करिव सवा घण्टा ढिलो पुगे उनी पुगे लगत्तै टिकटमा आफुहरु अन्ययमा परेको भन्दै सहाभागि कार्यक्रर्ताहरुले निक्कै ठूलो आक्रेश पोखेका छन् ।
बाँके निर्वाचन क्षेत्र नं ३ ख बाट सिफारिसमा परेका हरिभक्त उप्रतीले पार्टीका केन्द्रीय सदस्य किशोर सिंह राठौरले पैसाको चलखेल गरेर टिकट दिएको आरोप लगाए उनले भने–‘ पार्टी सभापति ज्यू सिफारिसमा नै नपरेको व्यक्ति कसरी टिकट पाउन सफल भए ।’ उनले आक्रोशित मुद्रामा पार्टीले जित्ने ठाउमा पनि पैसाको चलखेल गरेर एउटा क्षेत्रको व्यक्तिलाई अर्को क्षेत्रमा पठाईयोले हारेमा केन्द्रीय सदस्य राठोर कै कारण हार्ने ठोकुवा समेत गरे ।
बाँके निर्वाचन क्षेत्र नं. २ क बाट सिफारिसमा परेका सोमबहादुर थापाले आफु २०३४ सालदेखि निरन्तर नेपाली काँग्रेसको कार्यकर्ता भएर लागेको भए पनि सधै एउटै व्यक्तिलाई टिकट दिएर पठाउने हाम्रो पालो कहिले आउनेहो भन्ने प्रश्न तेर्साएका थिए ।
निबर्तमान सांसद अब्दुल हमिद सिद्दिकी भोलाले सुशील कोईरालाको निर्वाचन क्षेत्रमात्रै होईन राजनीतिक ईतिहास नै मेटाउने गरी बर्तमान नेतृत्वले टिकट बाँडेको आरोप लगाए । उनले भने–‘पार्टी सभापति ज्यू किन यति किन पूर्वाग्रही भएको सुशील कोईरालालको निर्वाचन क्षेत्र पनि अरुलाई नै दिने कोईराला परिवारबाट पार्टीको जिल्ला नेतृत्व हुँदा पनि समानुपातिकमा पनि नाम काट्ने ।’
निबर्तमान सांसद बोल्दै गर्दा पार्टी केन्द्रीय सदस्य किशोर सिंह राठौरले कार्यक्रम सञ्चालकलाई रोकेर प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई बोल्न लगाएका थिए ।
सो अवसरमा पार्टी सभापति देउवाले भने–‘ टिकट वितरणमा अन्याय भयो होला तर अव जसरी पनि जित्नु पर्छ पहिला अव जिताउ अनि बसेर तपाईहरु माथि भएको अन्यायको बारेमा जमेर कुरा गरौला छलफल गरौला ।’ उनले लोकतन्त्र र प्रजातन्त्रको रक्षाको लागि पनि काँग्रेसले जित्नै पर्ने भएकोले टिकट वितरणमा ठूलो असंतुष्ठि आएको भएपनि पार्टीको लागि सबै एक भएर लग्न आग्रह गरेका थिए ।
उनले भने–यहाँ माहोल बने मध्य र सुदुरमा पनि माहोल बन्ने भएकोले तपाईहरु सबै लोकतन्त्रको लागि लाग्नुहोस काँग्रेसलाई जिताउनुहोस ।’ उनले बाँके पार्टी सभापति किरण कोईरालाको नाम कसरी काटीयो आफैलाई जानकारी नभएको बताउदै भने–‘टिकट बाँड्ने कार्यमा म मात्रै छैन तर किरणजीको नाम कसरी काटियो मै अनविज्ञ छु । जे भयो अव बाँकी कुरा मंसिर २१ पछि मात्र गरौला तपाईहरु सबै असंतुष्टि छाडेर चुनावमा लाग्नुहोस ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेले यसरी थाल्यो नेपालगन्जमा घरदैलो अभियान (फोटो कथा सहित )

२८ कार्तिक २०७४, मंगलवार १९:१०
सदरलाइनडटकम २८ कात्तिक, नेपालगन्ज :  आगामी मंसिर २१ गते हुने आम निर्वाचनको प्रचार अभियान बाँकेमा तीब्र पारीएको छ । संयुक्त बाम गठबन्धनले नेपालगन्जमा घरदैलो अभियान शुरु गरेको छ । क्षेत्र नं. २ र प्रदेश सभा ‘ख’ मा पर्ने नेपालगन्ज बजारबाट वाम गठबन्धनले घरदैलो अभियान शुरु गरेको हो ।   क्षेत्र […]

सम्बन्धित