कोरेक्ससहित बाँकेमा तीन पक्राउ

१७ श्रावण २०७७, शनिबार १४:११
 

सदरलाइनडटकम,
नेपालगञ्ज : लागुऔषध कोरेक्ससहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जबाट गएको टोलीले डुडुवा गाउँपालिका वडा नं. ६ चौधरीपुर्वाबाट शुक्रवार राती नौ बजे अर्जुन चौहान, कल्लु चौहान र अजय बर्मालाई ३६ बोतल प्रतिबन्धित औषधी कोरेक्ससहित पक्राउ गरेको हो ।
कोरोना महामारीका कारण नेपाल–भारत सीमानाका शील भएपछि लागुऔषध कारोबारीहरुले चोर नाका प्रयोग गरी नेपाल भित्र्याउन थालेका छन् ।

Next Post

रजश्व छली भित्र्याइएको कपडा बरामद

१७ श्रावण २०७७, शनिबार १४:११
सदरलाइनडटकम, नेपालगञ्ज : भन्सार छली भारतबाट अवैधरुपमा भित्र्याइएको कपडा बाँके प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय जमुनहाको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाहा गाउँबाट अवैध कपडा बरामद गरेको हो । गस्तीमा रहेको प्रहरी टोलीले शुक्रवार राती करीव १ः३० बजे अवैध कपडा बरामद गरेको बाँकेका प्रहरी प्रवक्ता प्रहरी […]