पत्रकार वाग्लेद्वारा एकलाख अक्षयकोषको घोषणा

२९ जेष्ठ २०७६, बुधबार १५:५५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पत्रकार महासंघ बाँकेका उपाध्यक्ष प्रदिप वाग्लेले आफ्ना बुवाको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । वाग्लेले आफ्ना दिवंगत पिता झगरीलाल उपाध्यायको १३ औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा १ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।
श्रद्धाञ्जलीसभामा बोल्दै वाग्लेले हरेक वर्ष बाँकेमा क्रियाशिल पत्रकारहरुमध्ये २ जनालाई पुरस्कृत गर्ने गरी अक्षयकोष स्थापना गरिने बताए । उनले वामपन्थी पत्रकारहरुको साझा संगठन प्रेस संगठनमार्फत स्थापना गरिएको अक्षयकोषको आकार आगामी दिनमा थपिँदै जाने बताए ।
वाग्लेले दिवंगत पिताको स्मृतीमा अन्य विधामा समेत अक्षयकोष स्थापना गर्ने तयारी भईरहेको जानकारी दिए । १३ औं दिनको अवसरमा आयोजित श्रद्धाञ्जलीसभामा नेकपा ५ नं. प्रदेश सदस्य अकल बम, पत्रकार महासंघ ५ नं. प्रदेशका महासचिव भेषराज बस्नेतलगायतले स्व. उपाध्यायले युद्ध, आन्दोलन र समाज रुपान्तरणमा पुर्याएको योगदानको चर्चा गरेका थिए । स्व. उपाध्यायका छोरा, छोरी र श्रीमती छन् ।

Next Post

चट्याङले बाँकेको छुट्टाछुट्टै स्थानमा आगलागी

२९ जेष्ठ २०७६, बुधबार १५:५५
सदरलाइनडटकम, नेपालगञ्ज (डेस्क) : बुधवार बिहान आएको हावाहुरी र चट्याङ्गले बाँकेका छुट्टाछुट्टै स्थानमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार डुडुवा गाउपालिका–१ छोटी चौफेरीमा हावाहुरीसंगै परेको चट्टयाङ्गका कारण आगलागी हुँदा ३९ घरधुरी जलेर नष्ट हुनुका साथै एकजना स्थानीयबासी र एक चौपाया […]