‘लागुऔषध नेपालगञ्जको मुख्य चुनौती’

९ श्रावण २०७६, बिहीबार १८:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : वडा प्रहरी कार्यालय नेपालगञ्जका इञ्चार्ज प्रहरी निरीक्षक हरीबहादुर बस्नेतले लागुऔषध नेपालगञ्जको मुख्य चुनौतीका रुपमा रहेको बताएका छन् । भर्खरै सरुवा भएर आएका प्रहरी निरीक्षक बस्नेतले चोरी, तस्करी र गुण्डागर्दीलाई पनि प्राथमिकतामा राखेर सुरक्षा व्यवस्था मिलाइएको दावी गरे ।
नगरको समग्र सुरक्षा ब्यवस्थापनका लागि बिभिन्न क्षेत्रहरुबाट राय सुझाव लिने क्रममा बिहीवार पत्रकारसँग भेटघाटमा उनले वडा प्रहरी कार्यालयमा जनशक्तिको कमि रहेकाले सो अनुसारको माग गरिएको जानकारी दिए । नेपालगञ्जको सुरक्षा ब्यवस्थापन र अपराध नियन्त्रणका लागि गर्नुपर्ने कार्यलाई प्राथमिकता राखेर अघि बढिएको जानकारी दिँदै उनले पछिल्लो समय चोरीका घट्नामा कम उमेरका बालबालिकाहरुको संलग्नता देखिएको हुँदा यसलाई नियन्त्रण गर्ने जिकिर गरे ।
प्रहरी निरीक्षक बस्नेतले उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग मिलेर नगरको ट्राफिक ब्यवस्थापन चुस्तदुरुस्त बनाइने दाबी गरे । नेपालगञ्जमा धेरै ग्रामिण क्षेत्र पनि भएकाले सामुदायिक कार्यक्रमसमेत सञ्चालन गरिने भन्दै बस्नेतले सबै टोलमा प्रहरी पुग्ने गरि परिचालन हुने बताए ।

Next Post

बम विस्फोट हुँदा काबुलमा २२ जनाको मृत्यु

९ श्रावण २०७६, बिहीबार १८:३३
सदरलाइनडटकम, काठमाण्डौ : अफगानिस्तानको राजधानी काबुलमा शिलशिलाबद्ध बम विस्फोटमा २२ जनाको मृत्यु भएको छ । मृतकमध्ये आठ जना खानी तथा पेट्रोलियम मन्त्रालयका मजदुर रहेको बताइएको छ । उनीहरु चढेको बसमा बम विस्फोट गराइएको थियो । त्यस्तै मृत्यु हुनेमा पाँच जना महिला र एक जना बच्चा पनि रहेका छन् । विस्फोटमा […]

सम्बन्धित