सल्यानमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

२ श्रावण २०७६, बिहीबार १७:५४
 

सदरलाइनडटकम,
सल्यान : नयाँ मुलुकी सहिंता जारी भएसँगै जिल्ला अदालत सल्यानमा मुद्दा दर्ताको चाप बढेको छ । अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका रहेका छन् । आर्थिक वर्ष ०७५/०७६ मा जिल्ला अदालत सल्यानमा ४ सय ७९ वटा मुद्दा दर्ता भएकोमा सम्बन्ध विच्छेदका २ सय ९ वटा मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।
१ सय ५७ वटा महिला र ५२ वटा पुरुषले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गरेको अदालतका श्रेष्तेदार दीपक पोखरेलले बताए । उनका अनुसार २ सय ९ वटा सम्बन्ध विच्छेदका मुद्दामध्ये १ सय ७७ वटा फच्र्छौट गर्न भएका छन् । आर्थिक वर्ष ०७४/०७५ मा ३ सय ४६ वटा मुद्दा दर्ता भएकोमा १ सय ३८ थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । नयाँ मुलुकी सहिंता जारी भएसँगै पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने ब्यवस्था भएकाले जिल्लामा सम्बन्ध विच्छेदका घटनामा वृद्धि आएको पोखरेको भनाई छ ।
सामाजिक सञ्जाल, वैदेशिक रोजगारी तथा सचेतनाको विकासका कारण सम्बन्ध विच्छेद गर्नेको सख्यामा वृद्धि आएको उनले बताए । आर्थिक वर्ष ०७५/०७६ मा जवरजस्ती करणीका २२, बहुविवाह २३, बालविवाह र बहुविवाह ३, कर्तव्य, ज्यानमार्ने उद्योग, सवारी ज्यानका ३७, बोक्सी २ मुद्दा दर्ता भएका छन् । जिल्लामा पहिलो पटक धार्मिक कसुरसम्बन्धी एक मुद्दा दर्ता भएको छ ।

Next Post

१३ वर्षमा समातिएका हत्याआरोपी ९ महिनामै छुटे

२ श्रावण २०७६, बिहीबार १७:५४
सदरलाइनडटकम, काठमाण्डौ : पाँच जनाको हत्याआरोपी भारतीय नागरिक किशोरीलाल सोनीलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले ५ जना हत्या आरोपीलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो । २०६२ साल फागुन २३ गते बाँकेको नेपालगञ्जमा सुन […]