नेपालगञ्जमा विश्वविद्यालय स्थापनाको लागि डेलिगेशन

२ श्रावण २०७६, बिहीबार ११:१३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्जमा विश्वविद्यालय स्थापनाको लागि उच्च स्तरीय डेलिगेशन टोली पाँच नंम्बर प्रदेशको मुख्यमन्त्री कार्यालय बुटवल पुगेर प्रदेशस्तरको विश्व विद्यालय स्थापनाको लागि माग राखेको छ ।
नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाको नेतृत्वमा गएको उच्चस्तरिय डेलिगेशन टोलीले बाँकेबाट प्रेदश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरु सहितले मुख्यमन्त्री शंकर पोख्रेलका सामु नेपालगन्जमा विश्व विद्यालय स्थापनाको लागि आवश्यक पूर्वाधार, सम्भावनाका बारेमा प्रस्ट्याएका थिए ।
पाँच नंम्बर प्रदेश सभा सांसद तथा नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले पाँच नंम्बर प्रदेशको लुम्बिनीमा बौद्ध विश्व विद्यालय र दाङ्गमा नेपाल संस्कृत विश्वविद्यालय भएको अवस्थामा विद्यार्थी संख्या तथा सहजताको कारणले पनि बाँकेको नेपालगन्जमा प्रदेश स्तरको विश्वविद्यालय स्थापना गरिदा न्यायोचित हुने बताए ।
उनले भने–‘प्रदेशको राजधानी हुनसक्ने पूर्वाधार भएको बाँकेको नेपालगन्जमा विश्वविद्यालय स्थापनाको लागि हर क्षेत्रबाट उपयुक्त देखिन्छ । संघियता पछि नेपालगन्जले धेरै गुमाउदै गएको अवस्थामा प्रदेश स्तरको विश्वविद्यालय स्थापना गर्दा न्ययोचित हुनेछ ।’
नेपालगन्जमा विश्वविद्यालय स्थापनाको लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, प्राईम लोकेशनमा जमिनको उपलब्धता गराउने तथा अन्य आवश्यक संरचना दिन नेपालगन्जबासी तयार रहेको नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. राणाले मुख्यमन्त्री पोखे्रल सामु प्रतिबद्धता जनाए ।
उनले भने–‘ विश्व विद्यालयलाई आवश्यक पर्ने विद्यार्थी संख्या, भौतिक पूर्वाधार, र जमिनको सहज उपलब्धताको लागि नेपालगन्ज उप–महानगरपालिका तयार छ । प्रदेश सरकारले मात्र नेपालगन्ज प्रति न्यायोचित व्यवहार गरिदिनु पर्यो ।’
उनले प्रदेश सरकारले नेपालगन्ज उपमहानगरलाई दिने विकासे बजेटमा गाउपालिका भन्दा पनि थोरै विनियोजन गरेको भन्दै मुख्यमन्त्री पोख्रेलको ध्यानाकर्षण गराएका थिए ।
नेपालगन्ज विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिका संयोजक समेत रहेका पशुपतिदयाल मिश्राले राज्यको नेपालगन्जप्रतिको हेपाह नीतिको कारण संघिय संसदमा सबै पूवार्धार अध्ययन पुरा गरी तयार पारिएको नेपालगन्ज विश्व विद्यालय विद्येयक संसदमा पुगेर पनि थन्कनु परेको बताए ।
उनले नेपालगन्जमा प्रदेश स्तरिय विश्वविद्यालय स्थापना गर्दा आवश्यक पर्ने सबै कुरा पुरा गर्न आफुहरु तयार रहेको बताए ।
सो अवसरमा महेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गणेश रेग्मी, सहायक क्याम्पस प्रमुखहरु रविन्द्र कर्ण, हरिप्रसाद तिमिल्सेनाले विश्वविद्यालय स्थापनाको लागि शैक्षिक क्षेत्रको अवस्था, विद्यार्थी संख्या, तथा अन्य पूर्वाधारको बारेमा जानकारी गराएका थिए ।
मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारले विकासमा कसैलाई काखा र पाखा नगरेको स्पष्ट पार्दै विश्व विद्यालय स्थापनाको लागि सबै पूर्वाधार र आवश्यक प्रकृया पुरा हुनसम्ने अवस्थामा आफु नेपालगन्ज प्रति सकारात्मक भएको बताए ।
सो डेलिगेशन टोलीमा नेकपा बाँकेका नेता अशोक कोईराला, नेपाली काँगे्रसका शुधान्शु कोईराला, समाजबादी पार्टीका राजन राना, राप्रपाका नरेन्द्र पौडेल, नेपालगन्ज उद्योग बाणिज्य संघका बिन्दु चर्तिमगर, महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुखलगायतका व्यक्तिहरु रहेको र प्रदेश राजधानी बुटवलमै बाँकेबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरुको सहभागिता रहेको थियो ।

Next Post

साढे चौधग्राम ब्राउन सुगरसहित ३ जना जमुनाह प्रहरीको फन्दामा

२ श्रावण २०७६, बिहीबार ११:१३
सदरलाइनडटकम, नेपालगञ्ज    : प्रहरीले भारतबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर नेपाल ल्याउदै गरेको अवस्थामा बिहीबार बिहान १० बजे तीन जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय जमुनाको संयुक्त टोलीले कम्मरमा लुकाई ल्याउदै गरेको अवस्थामा बीरेन्द्रनगर–३ सुर्खेतका २२ […]