नेपालगञ्ज : बाँकेमा सोमवार ४९ जना मात्र कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका २९ पुरुष र २० महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।
योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ८ सय ४६ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
हालसम्म बाँकेमा ३ हजार ३१ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ३९ जनाको मृत्युु भइसकेको छ ।