नेपालगञ्ज उपमहानगर पूर्ण खोपयुक्त घोषणा

२९ असार २०७६, आईतवार १९:०७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरलाई आईतबार पूर्ण खोपयुक्त उप–महानगरको रुपमा घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना उमेर समुहसम्मका सबै बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार सम्पुर्ण खोप लिएको पाईएपछि घोषणा गरिएको हो ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक तथा जिल्ला खोप कार्यक्रमका अध्यक्ष समेत रहेका अजय कुमार श्रीबास्तवले नेपालगञ्ज उपमहानगरलाई पूर्ण खोप युक्त उप–महानगर भएको घोषणा गरेका हुन ।
सो घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालगञ्ज उपमहानगरका सबै जनप्रतिनिधिलाई स्वास्थ्य र शिक्षाको क्षेत्र पनि विकास गर्ने क्षेत्र हो भन्ने हेक्का राखेर काम गर्न सुझाव दिए । उनले सबै सुविधायुक्त नेपालगञ्ज उपमहानगर हरेक कुरामा पछाडि पर्नु दुर्भाग्य भएको भन्दै शिक्षा, स्वास्थ्यलाई प्राथामिकतामा राख्न आग्रह गरे । उनले स्वास्थ्यको क्षेत्रमा उल्लेखनिय काम गर्दै आएका महिला स्वास्थ्य स्वयमसेविकाको लागि नेपालगञ्ज उपमहानगरले उचित सम्मान र व्यवस्था गर्न पनि निर्देशन दिए ।
नेपालगञ्ज उपमहानगरमा खुला दिशामुक्त अभियान जिल्ला कै अन्तिममा भएको, साक्षरता घोषणा कार्यक्रमतर्फ चासो नदिएको, पूर्ण खोप घोषणा कार्यक्रम पनि छैठौ पालिकाको रुपमा रहेको भन्ने जनगुनासो उठेको थियो ।
नेपालगञ्ज उपमहानगरका प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा सम्पन्न कार्यक्रमो सहजिकरण स्वास्थ्य शाखाका सह–संयोजक हरिहर तिवारीले गरेका थिए । सो अवसरमा वडा अध्यक्ष, स्वास्थ्यकर्मीलगायतलाई सम्मान गरिएको कार्यक्रमलाई स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख प्रेम केसी, वडा अध्यक्षहरुको तर्फबाट वडा नं २ का वडा अध्यक्ष सुनिल सिंह हमाललगायतले बेलेका थिए ।
नेपालगञ्ज उपमहानगरका १ देखि २३ वडामा जन्मदेखि १५ महिनासम्मका ३ हजार २ सय १५ बालबालिका र १६ देखि २३ महिनाका १ हजार ९ सय ६८ बालबालिकाले नेपालगञ्ज उपमहानगरका २३ वडामा रहेका ७४ वटा खोप केन्द्रबाट खोप सेवा लिएका छन् ।

Next Post

बित्तीय अधिकार वडालाई दिन खजुराबासीको सुझाव

२९ असार २०७६, आईतवार १९:०७
सदरलाइनडटकम, खजुरा (बाँके) : खजुरा गाउँपालिकाले प्रदान गर्ने सेवासुविधाको प्रभावकारिता विषयक सोमवार सार्वजनिक सुनुवाई गरिएको छ । खजुरा गाउँपालिका वडा नं. ३ मा आयोजित कार्यक्रममा गाउँपालिकाले प्रदान गर्दै आएको सेवा, आर्थिक वर्ष २०७५/०७६ मा अघि सारेका योजना र त्यसको कार्यान्वयनको अवस्थाका बारेमा अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विकले प्रस्तुत गरेका […]