डुडुवाले व्यावसायिक करको दायरा बढाउँदै

२६ असार २०७६, बिहीबार १९:१४
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिकाले व्यवसाय करको दायर विस्तारको कार्य शुरु गरेको छ । गाउँपालिकाअन्तर्गत रहेका विभिन्न व्यावसायिक पसलहरुलाई करको दायरामा ल्याउनका लागि अभियान थालिएको हो । गाउँपालिकाअन्तर्गत रहेका विभिन्न साना तथा ठुला व्यवसायिक पसलहरुलाई शुरुमा दर्ता प्रक्रियामा ल्याउनका लागि अहिले तथ्यांक संकलनकर्ताहरुलाई खटाइएको छ ।
संकलनकर्तालाई खटाएर सबै व्यवसायिक पसलमा पुगेर करको बारेमा जानकारी दिई दर्ता प्रक्रियामा ल्याउन लागिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चोधरीले बताए । अध्यक्ष चौधरीका अनुसार चालु आर्थिक वर्षको असार मसान्तसम्म सबै व्यावसायिक पसल दर्ता गरिसक्नु पर्नेछ । दर्ता गर्दा गाउँपालिकाले गाउँसभाबाट पारित गरेको शुल्क लागु हुनेछ । शुरुमा न्युनतम शुल्क लिएर कर तिर्न बानी बसाल्नका लागि शुरुमा घरमै संकलनकर्ता पठाइएको अध्यक्ष चौधरीले बताए ।
व्यवसाय करको दायरालाई फराकिलो बनाउनका लागि गाउँपालिकाले यो अभियान शुरु गरेको हो । अभियानमा खटिने संकलनकर्तालाई दर्ता फारम भर्नका लागि अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमा गाउँपालिकाका लेखापाल नारायण सापकोटा, नासु ऋषिराज गौतम, कम्प्युटर अपरेटर कौशल पटेलले सहजीकरण गरेका थिए ।

Next Post

नेपालगञ्जका मेयर उप–मेयरको प्रथाकिमतामा स्वास्थ्यको कार्यक्रम नपर्ने गुनासो

२६ असार २०७६, बिहीबार १९:१४
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरका प्रमुख र उपप्रमुखको प्रथामिकतामा स्वास्थ्यका कार्यक्रम नपर्ने गरेको जनगुनासो आएको छ । स्वास्थ्य कार्यालय बाँकेले स्थानीय तहका पादधिकारीलाई स्वास्थ्य क्षेत्रप्रति उत्तरदायी बनाउने उद्देश्यका साथ दुई दिने स्वास्थ्य सम्बन्धी क्षमता अभिबृद्धि तथा अभिमुखिकरण कार्यक्रमका सहभागिले सो गुनासो गरेका हुन । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति […]

सम्बन्धित