जीपको ठक्करबाट बाँकेमा दुई जना घाइते

सदरलाइन संवाददाता १५ श्रावण २०८०, सोमबार १४:२०
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपलिकास्थित पूर्व–पश्चिम् राजमार्गमा जीपको ठक्करबाट मोटरसाइकल सवार दुई जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमवार बिहान ९ बजे राप्तीसोनारी– ९ ढकेरीमा पश्चिमतर्फबाट रुकुम जाँदै गरेको बा १९ च ५५७८ न को स्कार्पियो जीपले पूर्व तर्फबाट कोहलपुरतर्फ आउँदै गरेको भे ९ प ९१२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा जनक कुसारी र अर्जुन कुसारी घाइते भएका छन् ।


घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने स्कार्पियो र चालकलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक बढे

१५ श्रावण २०८०, सोमबार १४:२०
नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै पर्यटकहरू पनि बढ्न थालेका छन् । पछिल्लो समय बाघ हेर्न आउने पर्यटकको सङ्ख्या बढ्न थालेको निकुञ्जले जनाएको छ । निकुञ्ज स्थापना हुँदा ४ वटा बाघ मात्र रहेकोमा १३ वर्षपछि अहिले बाघको सङ्ख्या बढेर २५ पुगेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले […]

सम्बन्धित