सासुको हत्या आरोपमा बुहारी पक्राउ

सदरलाइन संवाददाता ११ चैत्र २०७८, शुक्रबार १४:०४
 

नेपालगञ्ज : दाङमा प्रहरीले सासूको हत्या गरेको आरोपमा बुहारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका–७ की २२ वर्षीया जमुना कुँवर रहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।

६५ वर्षीया सासु गंगी कुँवरलाई हँसिया र चक्कु प्रहार गरेर हत्या गरेको आरोपमा बुहारी जमुना कुँवरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक नवीन चुँदालीले बताए । पक्राउ परेकी बुहारीले सासु गंगीको हत्या गरेको स्वीकार गरिसकेको उनले बताए ।


प्रहरी निरीक्षक चुँदालीका अनुसार केही समय यता सासु–बुहारीबीच मनमुटाव हुँदै आएको थियो । सोही क्रममा मंगलबार सासु गंगी खेतमा काम गरेर फर्कने बेला बिहान ९ बजे जमुनाले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

गंगीको शव मंगलबार शान्तिनगर गाउँपालिका–६ स्थित कोरबाङको नर्सरीमा फेला परेको थियो । मृतकका छोरा रोजगारीको सिलसिलामा स्याङजा बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेस जिताउन घरघर जान सभापति गौडेलको निर्देशन

११ चैत्र २०७८, शुक्रबार १४:०४
नेपालगञ्ज : आगामी बैशाख ३० गतेको स्थानीय तहको चुनावलाई लक्षित गरेर काँग्रेसले शुरु गरेको ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियानलाई बाँकेमा तीब्र पारिएको छ । अभियानलाई प्रभावकारी गराउन काँग्रेसले प्रदेश, जिल्ला, क्षेत्रबाट प्रतिनिधिहरु परिचालन गरेको छ । आजमात्रै कोहलपुर नगरपालिका–९ मा कार्यक्रम गरिएको वडा सभापति मनबहादुर रानाले जानकारी दिए । उक्त […]