बाँकेमा विपदबाट जोगिन स्वास्थ्यको तयारी बारे जानकारी

सदरलाइन संवाददाता १० जेष्ठ २०८१, बिहीबार २०:२८
 

कोहलपुर (बाँके) :  बाँकेमा हुने महामारी नियन्त्रणका लागि द्रुत प्रतिकार्य टोली गठन गर्न बाँकेमा अभिमुखीकरण तथा पूर्व तयारी गठन बैठक आयोजना गरिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा बिहीबार सम्पन्न भएको सो कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले यस्ता गतिविधिका कारण कार्यले विपदको बेलामा स्वास्थ्य क्षेत्रले धेरै परिवर्तन हुने अपेक्षा गरिएको बताए । विपद व्यवस्थापन गर्नको लागि अतिरिक्त क्रियाकलाप र जनशक्तिको आवश्कता पर्ने भएको हुँदा विपद प्रतिकार्य गर्न एकजुट भएर लाग्न पर्ने उनको जोड थियो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले द्रुत प्रतिकार्य टोलीका काम, कर्तव्य र अधिकार तथा यसको संरचनाको बारेमा जानकारी गराएका थिए ।

स्वास्थ्य सम्बन्धी बिभिन्न महामारीको स्मरण गर्दै यस्ता महामारी नियन्त्रणका लागि काम गर्न यो कार्यक्रम संचालन गरीएको बताए ।


उनले जिल्लामा हुने हरेक महामारीबाट बच्नको लागि पूर्व तयारी गरी काम गरेको बताउँदै स्वास्थ्य अधिकार भित्रको विषयलाई प्रयोग गर्दै हरेक किसिमबाट बाँकेलाई अब्बल बनाउने प्रयास स्वरूप द्रुत प्रतिकार्य टोली गठन गरिने बताए ।

उनका अनुसार टोलीले बिपद तथा महामारी र अन्य विभिन्न किसिमका समस्याबारेमा अध्ययन गर्दै बाँकेलाई स्वास्थ्य क्षेत्रमा पूर्व तयार भएर बस्न सक्ने बनाउने गरी काम गरीने छ ।

सो अवसरमा भेरी अस्पताल नेपालगञ्जका नर्सिङ्ग प्रशासक आशा पन्त, रेडक्रश बाँकेका दोलख डाँगी, जिल्ला आपतकालिन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीलगायतले आ–आफ्ना कार्यलयले गरेको तयारीको बारेमा जनाकारी गराएका थिए । सो कार्यक्रममा बाँकेका ८ वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

किसानसंँग पालिका प्रमुख कार्यक्रममार्फत कृषिमा आत्मनिर्भर बन्दै बाँकेको बैजनाथ गाउँपालिका

१० जेष्ठ २०८१, बिहीबार २०:२८
कोहलपुर (बाँके) :  बाँकेको बैजनाथ गाउँपालिकाले कृषिमा आत्मनिर्भर पालिका बनाउने उद्देश्यले किसानसँग पालिका प्रमुख कार्यक्रम सञ्चालन गरेको छ । पालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बैजनाथ गाउँपालिकालाई देशभरका ७ सय ५३ वटा स्थानीय तह भन्दा फरक ढङ्गले कृषि क्षेत्रमा काम गरेको दाबी गरे । उनले स्थानीय नागरिकलाई आफैमा आत्मनिर्भर बनाउनको निम्ति […]