नौहजार घुस सहित विद्युतका प्रविधिक अख्तियारको फन्दामा

७ कार्तिक २०७४, मंगलवार १४:५८
 

सदरलाइनडटकम
७ कात्तिक, नेपालगन्ज : सेवाग्राहीसंग विद्युत मिटर जडान गरिदिने भन्दै घुस माग्ने विद्युतका प्राविधिक अख्तियारको फन्दामा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले नेपाल विद्युत प्राधिकरण, खजुरा नोलाईट शाखा बाँकेका प्राविधिक तेस्रो तहमा कार्यरत जयराम न्यौपानेलाई ९ हजार घुससहित रंगेहात नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार प्राविधिक न्यौपानेले सेवाग्राहीसँग विद्युत मिटर जडानका लागि घुस मागेको उजुरीको आधारमा निवेदन परेको थियो ।
उजुरीको आधारमा अख्तियारले गरेको कारवाहीमा प्राविधिक न्यौपानेले सेवाग्राहीसंग नौ हजार घुस रकम लिदै गरेको अवस्थामा निजलाई कार्यालय परिसरबाटै घुस रकम सहित रंगेहात नियन्त्रणमा लिएको निमित्त कार्यालय प्रमुख नारायण दत्त उपाध्यायद्वारा विज्ञप्तीमा उल्लेख छ । अभियुक्त न्यौपाने माथि अनुसन्धान भईरहेको अखितयारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कटुवा पेस्तोल सहित भारतीय नागरिक पक्राउ

७ कार्तिक २०७४, मंगलवार १४:५८
सदरलाइनडटकम ८ कात्तिक, नेपालगन्ज : प्रहरीले बाँकेको जानकी गाउपालिका वडा नं ६ डिठ्ठापुर चोकबाट अवैध हतियार सहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । संघीय प्रहरी ईकाई कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीको बिशेष टोलीले एकथान अबैध हतियार कटुवा पेस्तोलसहित भारत बहराईच जिया गाउ बस्ने २५ वर्षिय रमजान […]