बाँकेमा नेपालगञ्ज महोत्सव हुने

सदरलाइन संवाददाता १६ पुष २०७९, शनिबार १४:४४
 

नेपालगञ्ज : नेपालगञ्जमा माघ १० देखि माघ २४ गतेसम्म कृषि, उद्योग, पर्यटन र व्यापार प्रदर्शनी प्रवर्धन नेपालगञ्ज महोत्सव २०७९ को आयोजना हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटि एण्ड मल्टिपल प्रा.लि. बाँकेको संयुक्त आयोजनामा सडक डिभिजन कार्यालय परिसर कारकादोमा रहेको फिल्डमा महोत्सव आयोजना हुन लागेको हो ।


महोत्सवमा मुख्य आकर्षणको रुपमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता राखिने भएको छ । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी देवा थापाको सहभागिता रहनेछ । महोत्सवमा ३०० स्टल रहनेछ जसभित्र थारु होमस्टे थारु गाउँ पनि रहनेछ । महोत्सवभित्र टिकटक पारखीका लागि टिकटक प्वाइन्ट समेत रहनेछ । खेलमा बाल उद्यान लगायतका विभिन्न खेलहरुको स्टल समेत रहनेछ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरु गरी ५० बढी कलाकारहरुको सहभागिता रहनेछ । उदघाटनको दिन धम्बोझीदेखि कार्यक्रम स्थलसम्म भव्य झाँकीको आयोजना गरिनेछ । महोत्सवमा लुम्बिनी प्रदेशका १२ जिल्लाका उद्यमीहरुको उत्पादन र स्थानिय बस्तुलाई पहिलो प्राथमिकता दिईने आयोजकले जनाएको छ । महोत्सवमा प्रवेशका लागि ६० रुपैया र विद्यार्थीलाई ५० रुपैया टिकट दर रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रकको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु

१६ पुष २०७९, शनिबार १४:४४
नेपालगञ्ज : ट्रकको ठक्करबाट नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ । नेपालगञ्जको न्युरोडस्थित भानुभक्त चोकमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री दैलेख नारायण नगरपालिका वडा नं. ५ का रत्नबहादुर दर्लामीको मृत्यु भएको प्रहरीले बताएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दर्लामीको उपचारका लागि अस्पताल लैजाने […]