बाँकेमा सोमवार ६ जनामा कोरोना पुष्टि, ६ डिस्चार्ज

सदरलाइन संवाददाता ३० श्रावण २०७९, सोमबार १३:२१
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा ५ र जमुनाहा नाकामा १ जना गरी ६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका तीन छन् । अन्य तीन जना जिल्ला बाहिरका हुन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या २१ हजार २ सय ७७ पुगेको छ । यस्तै सोमवार थप ६ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या २० हजार ८ सय ४३ पुगेको छ ।


जिल्लामा कूल सक्रिय संक्रमितको संख्या ८१ रहेको फोकलपर्सन वलीले बताए । भेरी अस्पतालको कोभिड वार्डमा ५ जना उपचारत रहेका छन् । उनीहरु अधिकांशले कोभिड विरुद्धको खोप नलगाएको पाइएको वलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा लेनदेन मुद्दाका फरार अभियुक्त पक्राउ

३० श्रावण २०७९, सोमबार १३:२१
नेपालगञ्ज : बाँके प्रहरीले लेनदेन मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जानकी गाउँपालिका–३ का ४० वर्षीय राम पल्टन कादु गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । गुप्तालाई लेनदेन मुद्दामा जिल्ला अदालतले गएको बैशाख ९ गते दोषी ठहर गर्दै ६ महिना कैद सजाए तोकेको थियो । […]