भाइटीकामा दुई दिन सार्वजनिक बिदा

सदरलाइन संवाददाता २६ कार्तिक २०७७, बुधबार ०९:२५
 

नेपालगञ्ज : यसबर्ष भाईटीका मनाउन सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर २ गते भाईटीकाको दोस्रो दिन पनि सार्वजनिक बिदा हुने भएको हो ।

नेवार समुदायको मागलाई सम्बोधन गर्दै मंसिर २ गते पनि सार्वजनिक बिदा दिइने भएको हो । यस बर्ष नेवार समुदायले मंसिर १ गते सोमवार नेपाल संवत् नयाँ वर्ष (न्हुदँ)कै पहिलो दिन पारेर म्हपूजा र मंसिर २ गते मंगलवार भाइपूजा गर्दै छन् ।


नेवास् समुदायका अभियन्ताहरुको मागअनुसार मन्त्रिपरिषदको निर्णयले उक्त दिन बिदा दिने निर्णय गरेको जनाईएको छ ।

Next Post

सात किलो अफिमसहित बाँकेमा दुईजना पक्राउ

२६ कार्तिक २०७७, बुधबार ०९:२५
नेपालगञ्ज : सात किलो अफिमसहित मंगलवार पक्राउ परेका दुई जनालाई बाँके प्रहरीले बुधवार सार्वजनिक गरेको छ । कोहलपुर नगरपालिका वडा नं. २ बसपार्कस्थित भेरी गेष्ट हाउसको कोठा नं. १०५ मा लागूऔषध अफिमको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय नेपालगंज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी […]