बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

सदरलाइन संवाददाता ८ कार्तिक २०७७, शनिबार ०८:०९
 

नेपालगञ्ज : बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा नेपालगञ्ज १ धम्बोझीका ५० बर्षीय पुरुषको शुक्रवार राती १० बजे मृत्यु भएको हो ।


बागेश्वरी डाइग्नोस्टिक ल्याबमा परीक्षण गर्दा असोज २६ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार मृतकको श्वासप्रस्वासमा समस्या रहेको थियो । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।

Next Post

बाँकेमा ४२ जना कोरोनामुक्त भई डिस्चार्ज

८ कार्तिक २०७७, शनिबार ०८:०९
नेपालगञ्ज : बाँकेमा शनिवार ४२ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २५ पुरुष र १७ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ३ सय ५७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए […]

सम्बन्धित