क्वीक्स कप अन्तर विद्यालय छात्र फुटबल शुरु

१३ असार २०७६, शुक्रबार २०:२१
 

सदरलाइनडटकम,
नेपालगञ्ज   :  बाँके जिल्ला फुटबल संघको आयोजनामा क्वीक्स कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता शुक्रबारदेखि नेपालगञ्जमा शुरु भएको छ ।
प्रहरी व्यायमशाला पुष्पलालचोकको खेलमैदानमा शुरु भएको क्वीक्स कपको पहिलो दिन भुपु सैनिक इमि, दीप ज्योति, चिसापानी, दीपक इमि स्कूल र अमर मावि, गौतमबस्ती विजयी भएका छन् ।
पहिलो खेलमा भुपु सैनिकले वेष्टजोन माविलाई ३–१ गोलले पराजित ग¥यो । भुपु सैनिकका निशान खड्काले ११ मिनेटमा, विजय गुरुङले ३५ मिनेटमा ५९ मिनेटमा सन्देश थापाले एक–एक गोल गर्दै आफ्नो टिमलाई ३–१ विजयी बनाए । ४५ मिनेटमा वेष्टजोनका ओमप्रकाश गिरीले गोल गरेर टीमलाई फर्काउने प्रयास गरेपनि भुपु सैनिकबाट २ गोल थपिदा वेष्टजोन निराश हुनु पर्यो ।
दोस्रो खेलमा दीप ज्योतीले होप इन्टरनेशनल एकेडेमीलाई १–० गोलले पाखा लगायो । दीप ज्योतीका लागि ८ मिनेटमा सन्दीप सोनीले गोल नै निर्णायक भएको थियो । अमर माविले पनि क्रियटिभ स्कलर्स एकेडेमीलाई १–० गोलले नै पाखा लगायो । अमरका सन्दीप सुनारले गरेको गोल नै निर्णायक भएको थियो ।
दीपक इमिले भने खेल्दै नखेली जीतको स्वाद लिएको छ । पशुपति मावि, राँझाले वाकओभर दिएपछि दीपकलाई विजयी घोषणा गरिएको प्रशिक्षक सानु तामाङले जानकारी दिए ।
क्वीक्स कपमा ३२ वटा स्कूलले भाग लिएका छन् । नकआउट आधारमा प्रतियोगिता खेलाइएको छ ।
यसअघि नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापाले रेफ्री अमर घलेलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । सो अवसरमा उपमेयर थापाले उमेर समूहबाटै खेललाई अगाडि बढाउन सकेमा खेलको विकास हुने बताइन् । नेपालगञ्ज वडा नं. १ का अध्यक्ष एवं नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बाँके जिल्ला फुटबल संघले नियमित रुपमा फुटबल प्रतियोगिता गरेर खेलाडीको हौसला बढाएको बताए ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जति धेरै प्रतियोगिता भए उत्तिनै खेलाडी तिखारिने र खेलप्रति क्रेज बढ्ने दोहो¥याए । उनले धम्बोझीमा बन्दै गरेको फुटबल एकेडेमीमा नेपालगञ्ज उपमहानगरपालिकाले सहयोग गरेकोमा धन्यवाद दिदै २ महिनापछि त्यहाँ १२ वर्ष मुनिका बालबालिकालाई नियमित अभ्यास गराइने जानकारी दिए ।
क्वीन्स कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता पनि गराउने संघले जानकारी दिएको छ । छात्र फुटबल प्रतियोगिता चलिरहेकै बेलामा छात्रा प्रतियोगिता पनि सञ्चालन गर्ने संघका अध्यक्ष शाहीले बताए । उनका अनुसार, अहिलेसम्म आठ वटा टीमले सहभागिता जनाउने निश्चित गरेका छन् । संख्या बढाउने कोसिस भइरहेको छ ।

Next Post

‘प्रदेश सरकारकोे कृषि क्षेत्रलाई यान्त्रिकरण गर्ने योजना छ’

१३ असार २०७६, शुक्रबार २०:२१
सदरलाइनडटकम, नेपालगञ्ज  :  पाँच नम्बर प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेशलाई सम्बृद्ध बनाउने उद्देश्यले किसानलाई कृषि यत्रसंग जोड्दै लगिने बताएकी छन् । कृषि ज्ञान केन्द्र बाँकेले नेपालगन्जको जमुनाहमा आयोजना गरेको कृषि यन्त्र हस्तान्त्रण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन । उनले प्रदेशको समृद्धिको लागि […]