प्राविधिक टोली लिएर अर्थमन्त्रीसहित काठमाडौं–निजगढ फाष्ट ट्रयाक निरीक्षणमा प्रधानमन्त्री ओली

सदरलाइन संवाददाता २१ श्रावण २०८१, सोमबार १७:०४
 
काठमाडौं  :  प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल, मुख्य सल्लाहकार बिष्णु रिमालसहितको सरकारी टोली लिएर तराई–मधेस द्रुतमार्ग सडक आयोजनाका विभिन्न क्षेत्रको निरीक्षण गरेका छन् ।
नेपाली सेनाले निर्माण गरिरहेको सो सडकका विभिन्न भागको प्रधानमन्त्रीसहितको टोलीले आज स्थलगत निरीक्षण गरेका हुन ।  प्रधानमन्त्रीले निजगढ–काठमाडौंतर्फको लेनडाँडा सुरुङमार्गको लेनडाँडा इलाकामा निर्माणाधीन सुरुङ, जीतपुर खोला पुल तथा धोद्रे सुरुङको निकास क्षेत्रको निरीक्षण गरेका छन् ।
काठमाडौं–निजगढतर्फको धोद्रे सुरुङको पनि प्रधानमन्त्रीसहितको टोलीले निरीक्षण गरेका हुन । सो सुरुङको ब्रेक थ्रु भइसकेको छ ।  प्रधानमन्त्रीले धोद्रे इलाकामा निर्माणाधीन पुल तथा द्रुतमार्गका संरचनाहरूको पनि निरीक्षण गरेका थिए ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालका अनुसार प्रधानमन्त्री ओलीले फास्ट ट्रयाकमा भइरहेको ढिलाई र कामलाई तीब्रता दिएर समयभित्रै सम्पन्न गराउने चाहनासहित निरीक्षण गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रजातन्त्र सेनानीहरूलाई राज्यले सम्मान गर्नुपर्छ : राष्ट्रपति

२१ श्रावण २०८१, सोमबार १७:०४
काठमाडौँ :  राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र स्थापना र पुनस्थापनाको अविश्राम र अथक संघर्षका कष्टकर क्षण व्यतित गर्ने प्रजातन्त्र सेनानीहरूको त्याग र संघर्षको राज्यले उचित कदर र सम्मान गनुपर्ने बताएका छन । प्रजातन्त्रका लागि संघर्ष गरेका प्रजातन्त्र सेनानीहरूसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका […]