दाङ : राप्ती नदिमा नदिजन्य पदार्थको चोरी निकासी बढेको छ । स्थानीय सरकारले ठेक्का नलगाउदा अवैध रुपमा नदिजन्य पदार्थको उत्खनन र चोरी निकासी बढेको हो ।
समुदायका नागरिकले नदि तथा खोलामा हुने अवैध उत्खननको निगरानी गरेका छन । लमही नगरपालिका–६ बलरामपुर घाटबाट अवैध उत्खनन गरेर निकासी गर्न थालिएको दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय लमहीको जिम्मा लगाइएको छ ।
रा १ त २४६६ र रा १ त ४०९२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको बलरामपुर टोल विकास संस्थाका सचिव सूर्यप्रसाद चौधरीले जानकारी दिए । ‘यहाँ अवैध उत्खनन बढ्दो छ । हामीले निगरानी बढाएका छौ’–सचिव चौधरीले भने–‘ठेक्का लागेको छ । न कुनै अनुमती छ । जथाभावी काम भइरहेको छ ।’
स्थानीय सरकारले ठेक्का लगाउन ढिलाइ गरेकाले पनि नदि र खोलामा चोरी बढेको छ । जिल्ला अनुगमन समितिक संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्माले भने–‘अवैध उत्खननको सूचना प्रहरीसम्म पु¥याउन अनुरोध गरे । अवैध काम रोक्ने हो । यसमा समुदायको साथ चाहियो । खबरदारी र निगरानी दुबै चाहिएको छ ।’ एनटिभि अनलाईनबाट